एनएमबि ५० को प्रतिइकाई खुद सम्पत्ति मूल्य २० रुपैयाँ नाघ्यो

१५ भाद्र २०७८, मंगलवार १७:३९

काठमाडौं । एनएमबि क्यापिटलको व्यवस्थापनमा रहेको ‘एनएमबि ५०’ को साउन मसान्तसम्ममा आइपुग्दा प्रतिइकाई खुद सम्पति मूल्य (न्याभ) बढेको छ ।

असार महिनामा उक्त योजनाको न्याभ १८ रुपैयाँ ९६ पैसा रहेकोमा यसअवधिमा न्याभ १ रुपैयाँ ४६ पैसाले बढेर २० रुपैयाँ ४२ पैसा कायम भएको छ ।

एक महिनाको अवधिमा फन्डको सूचीकृत कम्पनीको सेयरमा लगानी पनि बढेको छ । सूचीकृत कम्पनीको सेयरमा लगानी २१ करोड १० लाख ५० हजार ९५२ रुपैयाँले बढेर १ अर्ब ७४ करोड रुपैयाँमा कायम भएको छ । असार महिनामा यसले सूचीकृत कम्पनीको सेयरमा १ अर्ब ५३ करोड ११ लाख रुपैयाँ लगानी गरेको थियो ।

यसअवधिमा फन्डले ४९ वटा सूचीकृत कम्पनीको सेयरमा लगानी गरेको छ । फन्डको सबैभन्दा धेरै लगानी एनआइसी एसिया बैंकमा रहेको छ । एनआइसी बैंकको ९३ हजार ४२ कित्ता सेयरमा ९ करोड १९ लाख २५ हजार रुपैयाँभन्दा बढी लगानी रहेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*