सिटिजन्स क्यापिटलका ३ म्युचुअल फण्डको लाभांश घोषणा, कुनले कति दिदैछन् ?

१४ आश्विन २०८१, सोमबार ०९:५६

काठमाडौँ । सिटिजन्स क्यापिटलको योजना व्यवस्थापनमा सिटिजन्स म्युचुअल फण्ड अन्तर्गत सञ्चालित ३ वटा म्युचुअल फण्डले लाभांश घोषणा गरेका छन्।

क्यापिटलको आइतबार बसेको सञ्चालक समिति बैठकले सिटिजन्स म्युचुअल फण्ड १ का इकाइधनीहरुलाई गत वर्षको नाफाबाट करसहित ९ प्रतिशत, सिटिजन्स म्युचुअल फन्ड २ को करसहित ६.५ प्रतिशत र सिटिजन्स सुपर ३० को करसहित १० प्रतिशत नगद लाभांश रहेको छ।

त्यसैगरी, लाभांश वितरण प्रयोजनका लागि ३ वटै फण्डले असोज २३ गते बुक क्लोज गर्ने भएका छन्। यस अनुसार असोज २२ गतेसम्म कायम इकाइधनीहरुले यी फण्डहरुले वितरण गर्ने नगद लाभांश प्राप्त गर्न सक्नेछन्।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*