एनएमबि बैंकको करिव २ लाख कित्ता शेयर बिक्रीमा

१४ आश्विन २०८१, सोमबार ०८:३३

काठमाडौँ । एनएमबि बैंक लिमिटेडले १ लाख ८० हजार २८८ कित्ता शेयर बिक्रीमा ल्याएको छ । बैंकले विद्यमान संस्थापक सेयरधनीका लागि मात्रै उक्त सेयर बिक्रीमा राखेको हो ।

सेयर खरिद गर्न चाहने इच्छुक विद्यमान संस्थापक सेयरधनीले सूचना प्रकाशित भएको ३५ दिनभित्र बबरमहलमा रहेको कम्पनीका सचिवको कार्यालयमा आवेदन दिनु पर्नेछ ।

निर्धारित समयभित्र सेयर खरिदका लागि कुनै आवेदन नआएमा अन्य व्यक्ति तथा कम्पनीलाई सेयर बिक्री गरिने बैंकले जनाएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*