सामलिङ्ग पावर कम्पनीको लक–इन अवधि सकिँदै

१४ आश्विन २०८१, सोमबार ०७:४९

काठमाडौँ । सामलिङ्ग पावर कम्पनी लिमिटेडको शेयर लक इन अवधि कात्तिक १५ गते समाप्त हुने भएको छ ।

कम्पनीका संस्थापक, संस्थापकका कर्मचारी, आयोजना प्रभावित क्षेत्रका बासिन्दा र कम्पनीका कर्मचारीहरूले खरिद गरी लिएका शेयरहरू तीन वर्षको लक इन अवधिमा राख्नुपर्ने व्यवस्था गरिएको थियो । यो शेयर लकइन अवधि २०७८ सालको २० असोजदेखि सुरु भएको थियो, जसको अन्तिम बाँडफाँट २०७८ सालको १६ कात्तिकमा सम्पन्न भएको थियो ।

संस्थापक शेयरधनीहरू ३७ लाख ७० हजार कित्ता शेयर,
कम्पनीका कर्मचारीहरू १४ हजार ६०० कित्ता शेयर र आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दाहरुको शेयर ५ लाख कित्ता शेयर रहेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*