आजसम्म कायम शेयरधनीले कामना सेवा विकास बैंकको लाभांश पाउने

१४ आश्विन २०८१, सोमबार ०७:३४

काठमाडौं । कामना सेवा विकास बैंकको लाभांश सुरक्षित गर्ने आज असोज १४ गते सोमबार अन्तिम दिन हो । बैंकले लाभांश तथा साधारण सभा प्रयोजनका लागि असोज १५ गते बुक क्लोज गर्दैछ । तसर्थ, असोज १४ गतेसम्म कायम रहने सेयरधनीले मात्रा सभामा भाग लिन र प्रस्तावित लाभांश पाउन सक्नेछन् ।

बैंकले गत वर्षको नाफाबाट लगानीकर्तालाई ७ प्रतिशत बोनस सेयर र ५ प्रतिशत नगद गरी कुल १२ प्रतिशत लाभांश वितरण गर्दैछ । उक्त लाभांश प्रस्ताव पारित गर्न बैंकले असोज ३० गते वार्षिक साधारण सभा बोलाएको छ । सभा, लिसारा रिसेप्शन भगवती बाहाल, नक्साल काठमाडौंमा बिहान १०।३० बजे सुरु हुनेछ ।

बोनस सेयर बितरण पश्चात बैंकको चुक्ता पुँजी वृद्धि हुने भएकोले प्रबन्धपत्र तथा नियमावली संशोधन गर्ने प्रस्ताव पनि रहेको छ । त्यस्तै, सभामा तोकिएको व्यवस्था तथा शर्तहरु सहित १०० रुपैयाँको दरले ३५ करोड रुपैयाँ बराबरको वार्षिक ९ प्रतिशत लाभांश दर कायम हुनेगरी अविमोच्य असञ्चित अग्राधिकार सेयर जारी गरी प्राथमिक पुँजी वृद्धि गर्ने प्रस्ताव पनि छ ।

गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन, नाफा–नोक्सान हिसाब, नगद प्रवाहलगायत विवरणमा छलफल गरी पारित गर्नेछ । चालु आर्थिक वर्षका लागि लेखापरीक्षकको नियुक्ती गर्ने एजेन्डा पनि छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*