बाढी पहिरोपछि बीमा प्राधिकरण र बीमक संघबीच छलफलः सर्भेयरलाई हाई अलर्टमा राख्ने, दाबी भुक्तानी छरितो गर्ने निर्णय

१३ आश्विन २०८१, आईतवार १९:०९

काठमाडौं । देशैभर बाढी पहिरोको प्रभाव परेको बेला बीमा क्षेत्रको नियामक निकाय नेपाल बीमा प्राधिकरण र निर्जिवन बीमा कम्पनीहरुको छाता संगठन( नेपाल बीमक संघ)बीच दाबी छिटो –छरितो गर्ने बिषयमा छलफल भएको छ ।

गत बिहिबारदेखि परेको अविरल बर्षाको कारण देशैभरका विभिन्न जिल्लामा भएका क्षतिको बीमा कम्पनीहरुमा दाबी पर्ने अनुमान गरिएको छ । देशभर बाढी, पहिरो, डुबान तथा प्राकृतिक विपद्का घटनामा परी मुत्यु हुनेको संख्या १४८ पुगेको छ । ५५ जना नागरिक बेपत्ता भएका छन् ।

झण्डै १ सय ५० जनाको मृत्यु र सयौ जना घाइते भएका छन् भने बाढी पहिरोले करौडौ सम्पति क्षतिग्रस्त भएको छ । त्यसैले बीमा कम्पनीहरुमा पनि अर्बौ रुपैयाँ दाबी पर्ने कम्पनीहरुले अनुमान गरेका छन् ।

सडक, पुल, कृषि परियोजना, आयोजनाहरु, भवन, सवारी साधन र मानवीय क्षतीको विवरण आउन नै बाँकि छ । क्षेत्रगत विवरणहरु संकलनको तयारी भईरहेको छ। सबै निकायले आ आफनो तवरबाट तथ्यांक निकाल्ने प्रयास गरिरहेका छन् ।

प्राधिकरण र बीमक संघबीच दाबी भुक्तानी सरलीकरण गर्ने र सर्भेयरलाई सर्भे रिर्पोट छिटो पेश गराउने बिषयमा निष्कर्ष निकालिएको प्राधिकरणले जनाएको छ ।

बीमा प्राधिकरणका प्रवक्ता सुशीलदेव सुवेदीले बीमा कम्पनीहरुलाई बाढी पहिरो प्रभावित बीमितहरुलाई कसरी सहज रुपमा बीमा दाबी भुक्तानी दिने र क्षतीको विवरण संकलन छिटो छरिटो रुपमा गराउन सर्भेयरलाई अलर्ट गराउने बिषयमा छलफल भएको बीमापोष्टलाई जानकारी दिएका छन् ।

नेपाल बीमक संघका अध्यक्ष चंकी क्षेत्रीले कम्पनीहरुका अनुसार कति दाबी पर्न सक्छ भनेर अहिले अनुमान गर्न नसकिने बताएका छन् । बाढी पहिरो प्रभावित ५० जना भन्दा धेरैले बीमा कम्पनीहरुसँग दाबीको सहजीकरण गरिदिन सम्र्पक गरिहरहेको जानकारी दिएका छन् ।

आईतबार बीमा प्राधिकरण र बीमक संघबीचको छलफलमा बीमा दाबी सहजीकरण र सर्भेयरलाई रिर्पोट छिटो छरितो रुपमा कसरी बुझाउन सकिन्छ भन्ने बिषयमा छलफल भएको उनले बताएका छन्।

बीमितलाई बीमा दाबी भुक्तानी दिनु कम्पनीको दायित्व हो । विपतको बेलामा बीमितलाई सहजीकरण गर्नु बीमा कम्पनीहरुको उत्तरदायित्व हो । सो अनुसार नै बीमितलाई कसरी छिटो बीमा दाबी भुक्तानी दिन सकिन्छ भन्ने बिषयमा हामीले पहिलो प्राथमिकताको राखेका छौ, उनले भने ।

दाबी परेपछि मात्रै कम्पनीहरुले सर्भेयर पठाउँने भएकाले पनि कतिको दाबी परयो भन्ने यकित तथ्यांक आउँन केही दिन लाग्ने उनले जानकारी दिए । बाढी पहिरो प्रभावित क्षेत्रका बीमितलाई सहजीकरण कसरी सहजीकरण गर्ने भन्ने तरखरमा हामी र्छौं, उनले भने।

क्षतिको जतिसक्दो छिटो तथ्यांक संकलन गर्ने प्रावधन गर्ने तयारीमा कम्पनीहरु छन् । प्राधिकरणले दाबीको सर्भे गर्न र जतिसक्दो छिटो भुक्तानी गर्न समेत कम्पनीहरुलाई निर्देशन दिने भएको बुझिएको छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*