सिटिजन्स म्युचुअल फण्ड अन्तर्गतका योजनाहरुको प्रतिफल घोषणा

१३ आश्विन २०८१, आईतवार १९:०१

काठमाडौँ । सिटिजन्स म्युचुअल फण्ड अन्तर्गत संचालित योजनाहरुको कोष व्यवस्थापक सिटिजन्स क्यापिटल लिमिटेडको असोज १३ गते बसेको संचालक समितिको बैठकले लाभांश घोषणा गरेको छ ।

कम्पनीले आ.व.२०८०÷८१ को मुनाफा तथा सो अवधिसम्म रहेको संचित कोष समेतबाट योजनाको ईकाइधनीहरुलाई सिटिजन्स म्युचुअल फण्ड—१ बाट कर सहित ९ प्रतिशत नगद लाभांस, सिटिजन्स म्युचुअल फण्ड—२ बाट कर सहित ६।५ प्रतिशत नगद लाभांस र सिटिजन्स सुपर ३० म्युचुअल फण्डबाट कर सहित १० प्रतिशत नगद लाभांस वितरण गर्ने निर्णय गरेको छ ।

साथै, उक्त लाभांस वितरण प्रयोजनका लागि मिति २०८१ आश्विन २३ गते एक (१) दिन सिटिजन्स म्युचुअल फण्ड—१, सिटिजन्स म्युचुअल फण्ड—२, सिटिजन्स सुपर ३० म्युचुअल फण्ड को ईकाइधनी दर्ता किताब बन्द रहने छ ।

आ.व.२०८०÷८१ मा समग्र आर्थिक चुनौतीहरुका बाबजुत पनि सिटिजन्स क्यापिटल लिमिटेडले व्यवस्थापन गरेको सिटिजन्स म्युचुअल फण्ड अन्तर्गतका तिनै वटा योजनाहरुमा लाभांस दिन सक्षम भएको छ । सिटिजन्स क्यापिटल लिमिटेडले वित्तीय परामर्श, लगानी व्यवस्थापन र म्युचुअल फण्डमा निरन्तर नयाँ आयामहरु थप्दै ग्राहकहरुलाई पुर्ण वित्तीय सेवा प्रदान गर्दै अगाडि बढेको छ । सिटिजन्स क्यापिटल लिमिटेडमा अध्यक्ष राजेन्द्र लाल श्रेष्ठ तथा सीइओ सबिर बादे श्रेष्ठ रहेका छन् ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*