सिटिजन्स म्युचुअल फण्ड–१ को न्याभ बढेर १६ रुपैयाँ १० पैसा, नाफा घट्यो

१५ भाद्र २०७८, मंगलवार १७:१३

काठमाडौं । सिटिजन्स म्युचुअल फण्ड–१ ले साउन मसान्तसम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ ।

सार्वजनिक विवरणअनुसार फण्डको न्याभ बढेको छ । अघिल्लो महिना असारमा फण्डको एनभी १५ रुपैयाँ ५१ पैसा रहेकोमा साउन मसान्तमा बृद्धि भएर १६ रुपैयाँ १० पैसा पुगेको हो ।

साउन मसान्तसम्ममा फण्डले सूचिकृत शेयरमा ८० करोड ५५ लाख १३ हजार रुपैयाँ लगानी गरेको छ । असार मसान्तमा फण्डले सूचिकृत शेयरमा ६८ करोड ६२ लाख ७८ हजार रुपैयाँ लगानी गरेको थियो ।

फण्डको नाफा साउन मसान्तसम्ममा अघिल्लो महिनाको तुलनामा ८४ प्रतिशतले कमी आएको छ । असार मसान्तमा ४२ करोड ३ लाख ९३ हजार रुपैयाँ नाफा कमाएको उक्त फण्डले साउन मसान्तसम्ममा घटेर ६ करोड ५० लाख ४६ हजार रुपैयाँ मात्र नाफा आर्जन गरेको छ ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*