विद्युत् आयोजनामा दुई अर्ब बढीको क्षती, बीमा कम्पनीहरु जुट्यो छलफलमा?

१३ आश्विन २०८१, आईतवार १६:५९

काठमाडौं । बर्षासँगै आएको बाढीपहिरोका कारण जलविद्युत् आयोजनका पावरहाउस र प्रसारण लाइनमा क्षति पुगेपछि देशभरका अधिकांश स्थानमा विद्युत् आपूर्ति अस्तव्यस्त भएको छ ।

स्वतन्त्र उर्जा उत्पादकहरूको संस्था नेपाल (इप्पान)ले गत शुक्रवारदेखि दुई दिन परेको वर्षाका कारण विभिन्न २० ओटा विद्युत् आयोजनामा क्षति पुगेको प्रारम्भिक विवरण सार्वजनिक गरेको छ।

सो क्षतीमा बीमा कम्पनीहरुले कसरी काम गर्ने भन्ने बिषयमा प्राधिकरणमा बीमक संघबीच छलफल चलिरहेको छ। भोलिदेखि तथ्यांक अपडेट लिन तयारी भईरहेको प्रवत्ता सुशीलदेव सुवेदीले बताएका छन् ।

निर्जिवन बीमा कम्पनीहरुको छाता संगठन नेपाल बीमक संद्धलाई आज प्राधिकरणले यसै बिषयमा बोलाएर छलफल गरिरहेको छ भने कम्पनीहरु स्वयमले आपत्तकालिन सेवा दिन हटलाईन नम्बरहरु पनि बीमितहरुलाई दिन सुरु गरिसकेको छ ।

तीमध्ये १५ आयोजना मात्रै दुई अर्ब ३१ करोड रुपैयाँ बराबरको क्षति भएको छ । अन्य ५ आयोजनाको क्षतिको विवरण भने आउन बाँकी रहेको इप्पानले जनाएको छ ।

आयोजनामा बाढीका कारण दुई खालका क्षति भएको उनको भनाइ छ । जलविद्युत आयोजनाको पावर हाउस,हेडवक्स र सामानहरु बगाउनुका साथै सडक पूर्वाधारबाट विच्छेद भएको कार्कीले बताए । बाढीको कारण कुनै आयोजनामा धेरै क्षति नभए पनि आयोजना जाने पहुँच मार्ग बन्न ६ महिना लाग्नेगरी क्षति भएको उनको भनाइ छ ।

धेरै जलविद्युत आयोजनाहरु लागत बढ्ने र समयमा सम्पन्न हुन नसक्ने अवस्थामा पुगेको उनले बताए । सरकारले विगतमा निजी क्षेत्रलाई दिएका सहुलियतहरुलाई निरन्तरता दिँदै जलविद्युत व्यवसायीहरुलाई राहत दिन जरुरी रहेको अध्यक्ष कार्कीले बताए ।

आयोजनाको समय लम्बिएर आयोजना लागत वृद्धि हुने भएकाले व्यवसायीहरु माथि उठ्न नसक्ने अवस्थामा पुग्ने उनको भनाइ छ । उर्जा व्यवसायीहरुलाई सरकारले भन्सार तथा करमा सहुलियत दिन जरुरी रहेको कार्कीले बताए ।

बाढीमा क्षति पुगेका आयोजनाका लागि ल्याइने समानमा राज्यले लगाएको २८ प्रतिशत कर घटाउन उनले माग गरे ।गत वर्ष पनि ३१ वटा आयोजनाहरुमा क्षति भएको उल्लेख गर्दै उनले भएका आयोजनाहरुमा सरकारले राहत र भ्याट छुट दिने भने पनि एक वर्ष पूरा नहुँदै फेरि बाढीले क्षति गरेको बताए ।

सरकारले निजी क्षेत्रका जलविद्युतलाई तत्काल माथि उठ्नेगरी सहुलियत र छुटको व्यवस्था गर्नुपर्ने बताए ।

ऊर्जामन्त्री दीपक खड्काका अनुसार अहिले ११ सय मेगावाट बिजुली उत्पादन रोकिएको छ । सिँचाइतर्फ १ अर्ब ३५ करोड बराबर क्षति आकलन गरिएको छ ।

नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङका अनुसार अहिले तामाकोसी जलविद्युत् आयोजना बन्द भएको छ । पछिल्लो तीन दिनयता बन्द रहेको तामाकोसी लामो समय बन्द गर्नुपरे लोड व्यवस्थापनमै समस्या हुने देखिएको उनले बताए ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*