भदौमा ९ हजारले त्यागे १ अर्ब बढीको बीमा पोलिसी, कुन कम्पनीको कति सरेण्डर ?

१३ आश्विन २०८१, आईतवार १७:०७

काठमाडौं । भदौमा जीवन बीमा कम्पनीहरुबाट ९ हजार भन्दा बढी बीमितहरुले १ अर्ब २१ करोड रुपैयाँ बराबरको बीमा पोलिसी त्यागेका छन् ।

नेपाल बीमा प्राधिकरणको तथ्यांक अनुसार भदौ महिनासम्ममा जीवन बीमा कम्पनीहरुबाट ९ हजार ४ सय ४९ जना बीमितहरुले १ अर्ब २१ करोड रुपैयाँ बराबरको बीमा पोलिसी त्यागेका छन् ।

यसअवधिसम्ममा एलआईसी नेपालबाट सबैभन्दा धेरै बीमा पोलिसी सरेण्डर भएका छन् । कम्पनीबाट २ हजार ५ सय ८ जना बीमितले ३५ करोड रुपैयाँ बढी बीमापोलिसी त्यागेका छन् ।

दोस्रोमा नेपाल लाइफ रहेको छ। कम्पनीबाट २ हजार ६८ वटा बीमापोलिसी त्यागेका छन् । कम्पनीबाट कुल ३३ करोड रुपैयाँ बराबरको क्षती भएको छ ।

सरकारी स्वामित्वमा रहेको राष्ट्रिय जीवन बीमा कम्पनीबाट १ हजार १० जना बीमितले १० करोड रुपैयाँ बराबरको बीमा पोलिसी त्यागेका छन् ।

बीमा प्राधिकरणको तथ्यांङ्क अनुसार नेशनल लाइफमा ८ करोड, एशियन लाइफको ७ करोड ९६ लाख रुपैयाँ, सूर्य ज्योति लाइफको ७ करोड ३८ लाख रुपैयाँ, हिमालयन लाइफले ५ करोड ७२ लाख रुपैयाँ, सानिमा रिलायन्स लाइफको ३ करोड २० लाख रुपैयाा र मेट लाइफको २ करोड ६६ लाख रुपैयाँ बराबरको क्षती भएको छ ।

त्यस्तै, आइएमई लाइफको १ करोड ९८ लाख रुपैयाँ, प्रभु महालक्ष्मी लाइफको १ करोड ६० लाख रुपैयाँ, सिटिजन लाइफको १ करोड २९ लाख रुपैयाँ, रिलायबल नेपाल लाइफको ९४ लाख रुपैयाँ र सन नेपाल लाइफको ५७ करोड रुपैयाँ बराबरको बीमा पोलिसी त्याग भएको बीमा प्राधिकरणको तथ्यांकले देखाएकोछ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*