विदेशबाट आइएमई रेमिट्यान्समा पैसा पठाउँदा एनसेलको १ जीबि डेटा उपहार

१५ भाद्र २०७८, मंगलवार १६:५३

काठमाडौं । आईएमई लिमिटेडले एनसेलसग सहकार्य गरेको छ । दुबै कम्पनीहरुले ‘ढुक्कले पैसा पठाइन्छ १ जीबि डेटा पाइन्छ’ अफर ल्याएका हुन् ।

विदेशमा रहेका नेपालीले तोकिएको कम्पनीबाट आइएमईमा रेमिट्यान्स पठाउदा एनसेलबाट १ जीबि डेटा उपहार पाउनेछन् । उक्त सहकार्य पछि मनिग्राम, ईजेट रेमिट, इन्स्ट्यान्ट क्यार र अल अन्सार एक्सेन्ज क्यास एक्सप्रेसबाट विदेशबाट पैसा पठाउँदा डेटा उपहार स्वरुप पाउने भएका हुन ।

उक्त अफर स्मार्टफोनमा गत १७ अगस्टदेखी नै सञ्चालन भइरहेको कम्पनीले जनाएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*