नागढुंगा–नौबिसे सडक पूर्ण अवरूद्ध हुँदा काठमाडौंबाट बाहिरिने सवारी साधन चार दिनदेखि लाइनमा

१३ आश्विन २०८१, आईतवार १६:१२

काठमाडौं । झ्याप्ले खोलामा पहिरोका कारण नागढुंगा–नौबिसे सडक पूर्ण अवरूद्ध छ।

पहिरोले चारवटा गाडी पुरिएका छन्। अहिलेसम्म २१ वटा शव निकालिएको छ। झ्याप्ले खोलाको पहिरोका कारण पृथ्वी राजमार्ग हुँदै काठमाडौ भित्रने सवारी साधनहरू रोकिएका छन् भने काठमाडौंबाट नागढुंगा नाका हुँदै बाहिरिने सवारी साधनहरू पनि चेक पोइन्ट अगाडि नै रोकिएका छन्।

स्थानीय प्रशासनले बिहीबारदेखि नै रातको समयमा नागढुंगा–नौबिसे सडकमा सवारी साधन चलाउन रोक लगाएको थियो।

जल तथा मौसम पूर्वानुमान महाशाखाले बिहीबारदेखि आइतबारसम्मै भारी वर्षा हुने भनेपछि रातको समयमा नागढुंगा–नौबिसे सडकमा सवारी साधनहरूलाई रोक लगाइएको थियो।

भोलिपल्ट बिहान चन्द्रागिरि नगरपालिका–२ स्थित नागमन्दिर नजिकै पहिरो गएपछि बाटो पूर्ण अवरूद्ध भएको थियो। त्यसले पनि गाडीहरू पास हुन सकेका थिएनन्।

काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका एसपी विश्वराज खड्काका अनुसार मौसम पूर्वानुमान सार्वजनिक भएपछि लामो दुरीका सवारी साधनहरूलाई बसपार्कमै रोकिएको थियो। सूचना जारी हुँदा पनि काठमाडौं छाड्न लागेका सवारी साधनहरूलाई नागढुंगा अगाडि नै रोकिएको उनले बताए।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*