कृषि क्षेत्रमा के–कति क्षति पुर्याएको छ, यसको वास्तविक तथ्यांक छिटो संकलन गर्न निर्देशन

१३ आश्विन २०८१, आईतवार १५:५४

काठमाडौं। कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारीले हालैको बाढीले कृषि क्षेत्रमा पारेको वास्तविक क्षति यकिन गरी आगामी रणनीति बनाउन मन्त्रालयका अधिकारीहरूलाई निर्देशन दिएका छन् ।

शनिबार आएको बाढीले कृषि क्षेत्रमा पारेको क्षति सम्बन्धमा आइतबार कृषि मन्त्रालयमा बसेको आकस्मिक बैठकमा मन्त्री अधिकारीले कृषि क्षेत्रमा के–कति क्षति पु¥याएको छ, यसको वास्तविक तथ्यांक छिटो संकलन गर्न निर्देशन दिएका हुन् ।

‘थुप्रै कृषि उपजमा बाढीले क्षति पु¥याएको सुनिएको छ , यसलाई सम्बोधन गर्न आवश्यक छ,’ मन्त्री अधिकारीले बैठकमा भने ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*