विजयादशमीको टीकाको साइत सार्वजनिक, कुन देशमा कहिले टीका लगाउने ?

१३ आश्विन २०८१, आईतवार १५:२०

विजयादशमीको टीकाको साइत सार्वजनिक गरेको छ । समितिले आइतबार एक विज्ञप्ति जारी गर्दै टीकाको ‘अन्तर्राष्ट्रिय साइत सार्वजनिक गरेको हो ।

अन्तर्राष्ट्रिय पञ्चाङ्ग निर्णायक समितिले विभिन्न देशमा बसोबास गर्ने सनातन धर्मावलम्बीहरूका लागि ‘अन्तर्राष्ट्रिय साइत सार्वजनिक गरेको हो ।

नेपालमा विजयादशमीको टीकाको उत्तम साइत असोज २६ गते बिहान ११ बजेर ३६ मिनेटमा रहेको छ ।

भारतमा अक्टोबर १२ (समयः ११ः४२), अमेरिकाको न्युयोर्कमा अक्टोबर १२ (समयः १०ः०१), अस्ट्रेलियाको सिड्नीमा अक्टोबर १३ (समयः ११ः२१), मेलबर्न (समयः ११ः२७), बेलायतको लण्डनमा अक्टोबर १२ (समयः १०ः२१), कतारमा अक्टोबर १२ (समयः ११ः०५) बजेका लागि उत्तम साइत रहेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*