लक्ष्मी इक्विटी फण्डको न्याभ २ रुपैयाँ ५९ पैसाले घट्यो

१५ भाद्र २०७८, मंगलवार १६:४३

काठमाडौं । लक्ष्मी इक्विटी फण्डको साउन मसान्तसम्ममा प्रतिइकाई खुद मूल्य (न्याभ) घटेको छ । सो अवधिसम्म फण्डको न्याभ २ रुपैयाँ ५९ पैसाले घटेर १३ रुपैयाँ २२ पैसामा झरेको छ ।

अघिल्लो असार महिनामा फण्डको न्याभ १५ रुपैयाँ ८१ पैसा रहेको थियो । गत वर्षको नाफाबाट दिएको प्रतिफल समायोजन भएकाले फण्डको न्याभ घट्न पुगेको हो ।

साथै साउन मसान्तसम्म सूचिकृत कम्पनीको शेयरमा लगानी ११ करोड ४० लाख ३१ हजार रुपैयाँले घटेर ९३ करोड २ लाख ३ हजार रुपैयाँमा सिमिति भएको छ । अघिल्लो महिनामा फण्डको सूचिकृत कम्पनीको शेयरमा लगानी १ अर्ब ४ करोड ४२ लाख ३४ हजार रुपैयाँ रहेको थियो ।

समिक्षा अवधिसम्ममा यस फण्डको कुल आय घटेको छ । अघिल्लो महिनामा ७२ करोड ५७ लाख ४६ हजार रुपैयाँ कुल आय भएकोमा साउन मसान्तसम्ममा ३५ करोड १४ लाख ७१ हजार रुपैयाँमा सिमित भएको छ ।

हालसम्म यस फण्डले ७२ वटा सूचिकृत कम्पनीको शेयरमा लगानी गरेको छ । सबैभन्दा धेरै लगानी नेपाल इन्फ्रास्ट्रक्चर (निफ्रा) मा २ लाख ३८ हजार ९०९ कित्ता शेयरमा ११ करोड ३ लाख ५२ हजार रुपैयाँ लगानी रहेको छ ।

 

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*