बजार घट्दा समेत यी १० कम्पनीको शेयर मूल्य सर्वाधिक बढ्यो

१३ आश्विन २०८१, आईतवार १५:१४

काठमाडौँ । बजार ओरालो लागेपछि केहि कम्पनीको शेयर मूल्यमा भने सुधार आएको छ । नेप्से दोहोरो अकंले घट्दा समेत ४६ कम्पनीको शेयर मूल्यमा सुधार देखिएको हो ।

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) २२.३६ अकंले घटेर २४६४.४० बिन्दुमा कायम भएको छ । आज ३२७ कम्पनीको १ करोड ३ लाख ११ हजार ८८५ कित्ता शेयर किनबेच हुँदा ४ अर्ब ५ करोड ६ लाख ५८ हजार रुपैयाँमा कारोबार सीमित बनेको छ ।

आइतबार विन नेपाल लघुवित्तको ६.५५ प्रतिशत, कुमारी सबल योजनाको ६.४९ प्रतिशत, हेवा हाइड्रोपावरको ५.४६ प्रतिशत, एनएलजि इन्स्योरेन्सको ४.५६ प्रतिशतले शेयर मूल्य बढेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*