कुमारी बैंक र ट्रष्ट माइक्रो इन्स्योरेन्सबीच एक सम्झौतापत्रमा हस्ताक्षर

१३ आश्विन २०८१, आईतवार १४:३९

काठमाडौँ । कुमारी बैंक लिमिटेड र ट्रष्ट माइक्रो इन्स्योरेन्स लि. बीच ग्राहकहरुलाई सहज तवरले लघु बिमा सेवा प्रदान गर्ने सम्झौता भएको छ । ट्रष्ट माइक्रो इन्स्योरेन्स लि. सँगको सम्झौतामा अब कुमारी बैंकले आफ्ना ग्राहकहरुको घर, सवारी साधन, व्यवसाय साथै अन्य सम्पत्तीहरुको सरल तरिकाले लघु बिमा गराउन सक्नेछन् ।

लघु बीमा विशेष गरी न्यून आय भएका व्यक्तिहरुको आर्थिक सुरक्षाको लागि र अनिश्चित परिस्थितिहरुबाट जोगिनका लागि हो । लघु बीमाले ग्राहकहरुलाई आर्थिक घाटाको सामाना गर्न र कुनै कारणबस् भएको क्षतीलाई पूनः प्राप्ति गर्न मद्दत दिलाउँछ ।

नेपालका नागरिकलाई किफायती र सुलभ लघु बीमाका साथ सशक्त बनाउँदै, लचिलोपन निर्माण गर्दै र सबैका लागि वित्तीय सुरक्षातर्फको बाटो प्रज्वलित गर्दै, नेपालमा अग्रणी भुमिका खेल्दै गरेको ट्रष्ट माइक्रो इन्स्योरेन्स लि. ले अघिल्लो सालबाट आफ्नो कारोबार सुरु गरेको हो । हाल यस इन्स्योरेन्सले ३१ वटा शाखा, उपशाखा तथा एक्सटेन्सन काउन्टरहरु बाट सेवा दिदैआएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*