बाढीपीडितलाई सिटिजन्स बैंकले २५ लाख रुपैयाँ सहयोग गर्ने

१३ आश्विन २०८१, आईतवार ०८:५४

काठामाडौँ । निरन्तरको वर्षा, बाढी र पहिरोका कारण भएको जनधनको क्षतिको उद्धारका लागि सिटिजन्स बैंकले २५ लाख रुपैयाँ सहयोग गर्ने भएको छ ।

बैंकले प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोषमा २५ लाख रुपैयाँ सहयोग गर्ने घोषणा गरेको हो । शुक्रबार र शनिबारको वर्षापछि उद्धार राहत घोषणा गरिने सिटिजन्स बैंकले जनाएको छ ।

बैंकले आफ्नो संस्थागत समाजिक उत्तरदायित्व अन्तर्गत सिटिजन्स बैंक खाचोमा परेकालाई सहयोग गर्न सधै प्रतिवद्ध रहेको बैंकका प्रमुख कार्यकारी अधिकृत गणेशराज पोखरेलले बताए ।

बैंकले संस्थागत सामाजिक उत्तरदायित्व (सीएसआर) अन्तर्गत उक्त रकम सहयोग गर्ने निर्णय भएको बैंकले बताएको छ ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*