कालिमाटीमा महँगियो तरकारीको मूल्य, कुनको कति पुग्यो ?
१३ आश्विन २०८१, आईतवार ०७:३५
काठमाडौँ । कालिमाटी बजार विकास समितिले आइतबारका लागि तरकारीहरुको दैनिक मूल्य सार्वजनिक गरेको छ ।
समितिका अनुसार आज अधिकाशं तरकारीहरुको बजार मूल्य वृद्धि भएको छ । जस अनुसार आइबार भारतिय ठूलो गोलभेडाको मूल्य न्यूनतम् एक सय रुपैयाँदेखि एक सय २० रुपैयाँसम्म निर्धारण गरेको छ ।
साथै, आलु ७५ रुपैयाँ, गाजर लोकल १८० रुपैयाँ, बन्दा लोकल ८० रुपैयाँ, काउली स्थानीय १४० रुपैयाँ, मकै बोडी ९० रुपैयाँ, लौका ९० रुपैयाँ प्रतिकेजीमा बिक्री वितरण भैरहेको छ ।