नागढुंगा नजिकै दुई यात्रुबस पहिरोमा पुरिएको अवस्थामा भेटियो, १४ जनाको शव निकालियो

१२ आश्विन २०८१, शनिबार २१:५०

काठमाडौं । काठमाडौं आउँदै गरेका दुई वटा यात्रु बाहक बसहरु नागढुंगा नजिकै पहिरोले पुरिएको अवस्थामा भेटिएको छ । हिजो राति वा आज विहानै पहिरोले पुरिएको आशंका गरिएका ति बसहरु एऊटा माइक्रो बस रहेको छ । माइत्रो बसबाट पाँच जनाको शव निकालिएको छ ।

त्यस्तै, अर्को बसबाट ९ जनाको शव निकालिएको महानगरीय प्रहरी परिसर काठमाडौंले जनाएको छ । पुरिएको बस लु १ ज ४५७८ को माइक्रो बस र अर्को नम्वर नखुलेको सवारी रहेको प्रहरीको भनाई छ ।

घटनास्थल नागढुंगा भन्दा तल झ्याप्ले खोलामा पर्दछ । अत्याधिक वर्षाका कारण सो क्षेत्रमा थुप्रै पहिरो गएको छ । प्रहरीले थप सवारी साधन पुरिएको आशंकामा खोजविन कार्य जारी राखेको जनाएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*