आज राति नारायणगढ-मुग्लिन सडकमा गाडी चलाउन रोक

११ आश्विन २०८१, शुक्रबार १७:३५

काठमाडौँ । अविरल र लगातारको वर्षाका कारण पहिरोको जोखिम उच्च रहेको भन्दै आज राति नारायणगढ–मुग्लिन सडकमा गाडी चलाउन रोक लगाइएको छ ।

जिल्ला सुरक्षा समितिको बैठकले बिहानैदेखि पानी परिरहेको र रातिमा पनि पानी पर्न सक्ने देखिएकोले मानवीय तथा भौतिक क्षति नहोस् भनेर रातको समयमा कुनै पनि सवारी चलाउन नदिने निर्णय गरेको हो ।

आज साँझ ७ बजेदेखि शनिबार बिहान ५ बजेसम्म नारायणगढ–मुग्लिन सडकखण्डमा अत्यावश्यक बाहेकका कुनैपनि सवारी चल्न नदिइने चितवनका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले जानकारी दिए।

तस्बिर फाइल

One thought on “आज राति नारायणगढ-मुग्लिन सडकमा गाडी चलाउन रोक

  1. दिपक बराल says:

    यस्पाली मौसम बिदको कुरा मिलेछ

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*