आर्क्स फूडद्वारा नेपाली बजारमा कोदोको बिस्कुट र कुकीज

११ आश्विन २०८१, शुक्रबार १६:३५

काठमाडौँ । नेपाली बजारमा कोदोको बिस्कुट र कुकीजको बिक्री सुरु गर्दै, आर्क्स फूडले आफ्नो उपभोक्तालाई स्वस्थ स्न्याकिङको नयाँ विकल्प प्रदान गरेको छ। स्थानीय रूपमा उत्पादन भएको कोदो र चक्की आटाको मिश्रणबाट बनेका यी उत्पादनहरूले उपभोक्ताको स्वाद र स्वास्थ्यलाई ध्यानमा राखेर बजारमा ल्याइएको कम्पनीले जनाएको छ।

आर्क्स ग्रुपका प्रमुख कार्यकारी अधिकृत रजुल श्रेष्ठका अनुसार, ूस्वस्थ विकल्प खोजिरहेका सचेत उपभोक्ताका लागि कोदोको बिस्कुट र कुकीजमार्फत ठूलो कदम चालेका छौं। बजारको अध्ययनपछि मात्र हामीले यी उत्पादनहरू प्रस्तुत गरेका हौं।ू

कोदो आफैँमा अत्यन्त पौष्टिक अन्न हो, जसमा प्रोटिन, फाइबर, क्याल्सियम, आइरन, र एन्टिअक्सिडेन्टहरूको भरपुर मात्रा पाइन्छ। मधुमेह नियन्त्रणदेखि वजन व्यवस्थापनसम्म कोदोको नियमित सेवनले स्वास्थ्यमा महत्वपूर्ण सुधार ल्याउने विश्वास गरिएको छ।

कम्पनीले अन्तर्राष्ट्रिय बजारमा पनि यी उत्पादनहरू पुर्‍याउने तयारी गरिरहेको छ। अष्ट्रेलियामा निर्यात सुरु गरिसकेको आर्क्स फूडले भारत र दुबईमा पनि स्याम्पल पठाइसकेको छ, र ती देशहरूबाट राम्रो प्रतिक्रिया आएको छ।

नेपाली बजारमा, यी कोदोका बिस्कुट र कुकीज प्रमुख सुपरमार्केटहरू, भाटभटेनी, किराना पसलहरू र अनलाइन किनमेल प्लेटफर्महरूमा उपलब्ध छन्। साथै, काठमाडौंको भृकुटी मण्डपमा भइरहेको स्टक क्लियरेन्स मेलामा उपभोक्ताहरूलाई ‘फ्री टेस्टिङ’को अवसरसँगै दुईवटा किन्दा एउटा निशुल्क दिने अफर पनि राखिएको छ।

आर्क्स फूडले नेपाली उत्पादनलाई अन्तर्राष्ट्रिय बजारमा स्थापित गर्न सक्ने प्रयास गरिरहेको छ। अष्ट्रेलियामा राम्रो प्रतिक्रिया प्राप्त भएपछि, अब भारत र दुबईजस्ता बजारमा पनि विस्तारको योजना रहेको छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*