दुई महिनामा जीवन लघुबीमाको ब्यवसाय करिब सात करोड, कुनको कति ?
११ आश्विन २०८१, शुक्रबार १४:५२
काठमाडौँ । चालु आर्थिक वर्षको दुई महिनामा जीवन लघुबीमा कम्पनीहरुले करिब ७ करोड रुपैयाँ बीमा शुल्क आर्जन गरेका छन् । बीमा प्राधिकरणको तथ्याङ्गका अनुसार चालु आर्थिक वर्षको साउन र भदौ महिनामा हाल संचालनका रहेका लघुबीमाहरुले ६ करोड ९६ लाख ४२ हजार रुपैयाँको ब्यवसाय गरेका हुन् ।
यस अवधिमा सबैभन्दा बढी बीमा शुल्क आर्जन गर्न कम्पनीका गार्डियन माइक्रो लाइफ रहेको छ । भदौ मसान्तसम्ममा कम्पनीले ३ करोड ३३ लाख रुपैयाँको ब्यवसाय गरेको हो ।
त्यस्तै, क्रेष्ट माइक्रो लाइफले २ करोड ६३ लाख र लिबर्टी माइक्रो लाइफले ९९ लाख रुपैयाँको बीमा शुल्क आर्जन गरेका हुन् ।
भदौ महिनामा मात्र गार्डियनले १ करोड ४५ लाख, क्रेष्टले १ करोड ३४ लाख र लिवर्टीले ४७ लाख रुपैयाँको व्यवसाय गरेको हुन् ।