दुई घण्टामा १५ चक्कर लगाएपछि ल्याण्ड गर्यो थाई एयर, वर्षाको कारण जहाजको अवतरण कठिन

११ आश्विन २०८१, शुक्रबार १४:२५

काठमाडौं । अत्याधिक वर्षाका कारण त्रिभनुवन विमानस्थलमा आज जहाजहरुको कन्तविजोग भएको छ । बनारसबाट आएको बुद्ध एयरको जहाजले जोखिमपूर्ण अवतरण गरेको थियो भने केहीबेर अघि बैंककबाट आएको थाई एयरको जहाजले दुई घण्टा आकाशमा फन्को मारेपछि बल्लतल्ल अवतरण गरेको छ ।

पहिलो पटक ओभरसूट गरेको जहाजले दोस्रो पटकको प्रयास सकुशल अवतरण गरेको हो । काठमाडौंस्थित अन्तर्राष्ट्रिय विमानस्थल संसारकै जोखिमयुक्त विमानस्थल मध्येमा पर्दछ । आज थाई एयरले करिब दुई घण्टामा १५ चक्कर बारा र मकवानपुर माथिको आकाशमा लगाएर होल्ड भएको थियो ।

अहिले उक्त जहाज ल्याण्ड गरिसकेको छ । त्यस्तै, भारतको नयाँदिल्लीबाट आएको इण्डिगो एयरले पनि करिब डेढ घण्टा आकाशमै फन्को मारेपछि बल्ल अवतरण गरेको छ ।

 

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*