अब ग्लोबल आइएमई बैंकको अनलाइन प्लेटफर्ममार्फत सेयर धितो कर्जा लिन मिल्ने

११ आश्विन २०८१, शुक्रबार १०:३३

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडले आफ्ना ग्राहकहरूको सुविधाका लागि फास्ट लोन अगेन्स्ट शेयर प्लेटफर्म सार्वजनिक गरेको छ। यस नयाँ प्लेटफर्ममार्फत ग्राहकहरूले अनलाइनबाट सेयर धितो कर्जाका लागि आवेदन दिन सक्नेछन्।

बैंकका अनुसार, यो डिजिटल प्लेटफर्मका माध्यमबाट ग्राहकहरूले आफूसँग रहेको सेयरहरू धितो राखेर सरल प्रकृयामा कर्जा प्राप्त गर्न सक्छन्। यसले गर्दा ग्राहकहरूले अनलाइनमा आवेदान प्रक्रियामा सहजता पाउनेछन्, जहाँ उनीहरूले आवश्यक कागजातहरू बुझाउन र कर्जाको आवेदन दिन सक्छन्।

अनलाइन आवेदन प्रक्रिया पूरा भएपछि, आवेदकले आफ्नो निवेदनको अवस्थाबारे जानकारी लिन पनि सक्षम हुनेछन्। हालको लागि, सेयर धितो कर्जाको सीमा न्यूनतम ५ लाख रुपैयाँदेखि अधिकतम २५ लाख रुपैयाँसम्म तोकिएको छ।

बैंकले थप जानकारी दिएको छ कि कर्जाको लागि धितोका रूपमा स्वीकार गरिने सेयरहरू आवेदकको स्वामित्वमा हुनु पर्नेछ। यसैले, अन्य व्यक्तिका सेयरहरू धितोको रूपमा स्वीकार गरिने छैन। यो सुविधा बैंकले हालसालै सार्वजनिक गरेको डिजिटल युनिभर्समा पनि उपलब्ध रहेको छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*