नेको इस्योरेन्सभित्र भद्रगोल, पुनर्बीमा विभागकी रावललाई मार्केटिङमा सरुवापछि लफडा

११ आश्विन २०८१, शुक्रबार ०९:१८

काठमाडौं । नेको इन्स्योरेन्स कम्पनीभित्र चरम बेथिती र अनियमितता मौलाउन थालेको छ । सिईओ अशोक कुमार खड्काले बर्षौ काम गरेका उच्च तहका कर्मचारीहरुमाथि चर्को पेलान दिन थालेपछि लफडा उत्पन्न भएको खवर छ ।

पछिल्लो समय नेको इन्स्योरेन्स कम्पनीले राम्रै प्रगति गर्दै अघि बढिरहेकोमा अहिले भने सिईओ खड्काको कार्यशैलीका कारण कर्मचारीहरुको मनोबल खस्किन पुगेको छ । नेकोमा लामो समयदेखि पुनर्बीमा विभागकी प्रमुख भएर काम गरिरहेकी सपना रावललाई मार्केटिङ विभागमा सुरुवा गरेपछि लफडा सुरु भएको हो । नेपालको बीमा क्षेत्रमा लामो बिताएकी र पुनर्बीमाको विज्ञको रुपमा स्थापित भइसकेकी सपना रावललाई सिईओ खड्काले मार्केटिङ विभागमा सरुवा गरिदिएकै कारण नेको इन्स्योरेन्सले एउटा बिज्ञ कर्मचारी गुमाउन पुगेको छ ।

विभाग नै फरक पार्ने गरी सरुवा गर्ने सिईओ खड्काको निर्णयलाई नेको इन्स्योरेन्स कम्पनीका कर्मचारीहरुले प्रतिशोधपूर्ण निर्णय गरेको भन्ने रुपमा बुझेको एक कर्मचारीले बीमापोष्टलाई बताए । उक्त निर्णयपछि नेको इन्स्योरेन्समा कार्यरत कर्मचारीहरुको मनोबल खस्किन पुगेको छ । सिईओले मनोमानीपूर्ण तरिकाले विज्ञता आधार भन्दा पनि हचुवाको रुपमा सरुवा हुनसक्ने भएकोले उक्त कम्पनीभित्र काम गर्नु जोखिम बढेको विश्लेषण गर्न थालेका छन् ।

उता, पुनर्बीमा विभागकी प्रमुखबाट मार्केटिङमा सरुवा गरेपछि बर्षौदेखि काम गर्दै आएका सपना रावलले पदबाट राजिनामा दिएकी छिन् । उनको राजिनामा हालसम्म पनि स्वीकृत भएको छैन ।
नेपालका बीमा कम्पनीमा राजिनामा गरी छोडेर जाने कर्मचारीहरुलाई राजिनामा स्वीकृत नगरेर सताउने एउटा पुरानो प्रचलन विकृतिको रुपमा फैलिरहेको छ । डेपुटी सिईओदेखि तल्ला तहका पिउन सम्मलाई जागिर छोडेर जाने बेलामा पैसा मागेर सताउने, यति तिर्न बाँकी छ, उति तिर्न बाँकी छ भनेर सताउने गलत प्रवृत्ति अधिकांश बीमा कम्पनीहरुमा जीवितै छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*