सूर्योदय वोमी लघुवित्तले वितरण गरेको बोनसमा कर तिर्नुपर्ने

११ आश्विन २०८१, शुक्रबार ०९:०८

काठमाडौं। सूर्योदय वोमी लघुवित्त वित्तीय संस्थाले आफ्नो सेयरधनीहरूलाई वितरण गरेको बोनस शेयरमा लाग्ने कर शेयरधनीले नै तिर्नुपर्ने जानकारी गराएको छ। लघुवित्तले २०७९।८० आर्थिक वर्षको नाफाबाट १४ प्रतिशत बोनस सेयर वितरण गरेको थियो, जसमा लाग्ने कर सम्बन्धी जानकारी सार्वजनिक गरेको हो।

लघुवित्तको सेयर रजिष्ट्रार कुमारी क्यापिटल वा कुमारी बैंकको शाखा कार्यालयमा गएर करबापतको रकम बुझाउनुपर्नेछ । बुक क्लोजको समयमा सेयर रोक्का रहेका सेयरधनीहरूको बोनस सेयर फुकुवापत्र प्राप्त भए पश्चात् मात्र बोनस सेयर खातामा पठाईने लघुवित्तले जनाएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*