नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको शेयर बिक्रीमा
११ आश्विन २०८१, शुक्रबार ०८:५९
काठमाडौँ । नेपाल इन्भेष्टमेन्ट मेगा बैंक लिमिटेडले संस्थापक शेयर बिक्रीमा राखेको छ । बैंकका संस्थापक शेयरधनीहरुको आफ्नो नाममा रहेको शेयरर बिक्रीमा ल्याएको हो ।
बैंकले बिक्री ल्याएको शेयर कित्ता र न्यनतम मूल्य भने खुलाएको छैन । शेयर खरिदका लागि जो सुकै व्यक्ति तथा कम्पनीले सूचना प्रकाशित भएको मितिले ७ दिन भित्र लाजिम्पाटमा रहेको बैंकको शेयर शाखामा सम्पर्क गर्ने सक्नेछन् ।
संस्थापक सेयरधनीहरुका लागि गत भदौ ७ गते ३५ दिने सार्वजनिक सूचना प्रकाशित गरिएकोमा उक्त समयावधि भित्र विद्यमान संस्थापक सेयरधनीहरुवाट कुनै लिखित जानकारी पेश हुन नआएकाले सर्वसाधारणलाई सेयर बिक्री गर्न लागिएको बैंकले जनाएको छ ।
Promoter Bagna lako matlab Bank khattam.