एशियन लाइफ इन्स्योरेन्सको ५ लाख १४ हजार कित्ता शेयर बिक्रीमा

११ आश्विन २०८१, शुक्रबार ०८:३४

काठमाडौँ । एशियन लाइफ इन्स्योरेन्स कम्पनीले संस्थापक शेयर बिक्री गर्ने भएको छ । कम्पनीले संस्थापक शेयरधनीहरूको स्वामित्वमा रहेको शेयर बिक्रीमा ल्याएको हो ।

कम्पनीले ५ लाख १४ हजार ४६५ कित्ता शेयर बिक्रीमा राखेको छ। उक्त शेयर खरिद गर्ने चाहने इच्छुक विद्यमान संस्थापक शेयरधनीहरुले आवश्यक कागजात संकलन गरी सूचना प्रकाशित भएको मितिले ३५ दिनभित्र आवेदन दिनुपर्नेछ ।

तोकिएको अवधि भित्र संस्थापकले खरिद नगरेमा सर्वसाधारण लगानीकर्तालाई बिक्री खला गरिने कम्पनीले जनाएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*