दुई कम्पनीको शेयर मूल्य समायोजन
१० आश्विन २०८१, बिहीबार १६:२०
काठमाडौं । दुई कम्पनीको शेयर मूल्य समायोजन भएको छ । साहस उर्जा र सानिमा रिलायन्स लाइफ इस्योरेन्सको शेयर समायोजन भएको हो ।
साहस उर्जाको ८ प्रतिशत बोनस शेयर बापत नेप्सेले विहीबार शेयर मूल्य समायोजन गरेको छ । समायोजन पछि सो कम्पनीको शेयर मुल्य ४ सय ७९ रुपैयाँ १७ पैसा कायम भएको छ भने यस कम्पनीको अन्तिम कारोबार ५ सय १७ रुपैयाँ ५० पैसामा भएको थियो ।
यस्तै, सानिमा रिलायन्स लाइफ इस्योरेन्सको १८।३८ प्रतिशत बोनस शेयर बापत नेप्सेले विहीबार शेयर मूल्य समायोजन गरेको छ । समायोजन पछि सो कम्पनीको शेयर मुल्य ४ सय ७२ रुपैयाँ ६३ पैसामा कायम भएको छ भने यस कम्पनीको अन्तिम कारोबार ५ सय ५९ रुपैयाँ ५० रुपैयाँमा भएको थियो ।