नेपालको बैंक तथा वित्तीय संस्थामा रहेको सर्वसाधारणको बचत कति सुरक्षित छ ?

रमेश दाहाल
१० आश्विन २०८१, बिहीबार ११:३८

नेपालमा औपचारिक बैकिङ्ग प्रणालीको सुरुवात भएको करिब ८ दशक भन्दा बढी भइसकेको छ । विस  १९९४ कार्तिक ३० गते नेपाल बैंकका लिमिटेडको स्थापना भई बैंकिङ्ग प्रणालीको पार्दुभाव भएको पाइन्छ । तत्कालिन समयमा सरकारी स्वामित्वमा स्थापना भएको नेपाल बैंक लिमिटेडले आम नागरिक सम्म वित्तीय सेवा पुर्याउन सम्भव भने  थिएन मुलत सरकारी कारोबार त्यस समयमा  नेपाल बैंक लिमिटेडको मुख्य कार्य थियो । क्रमश औधोगिक विकास बैंक, राष्ट्रिय वाणिज्य बैंक, कृषि विकास बैंक र संयुक्त लगानीमा नेपाल अरव बैंक हुँदै बैंकिङ्ग व्यवसायले गती लिएको देखिन्छ ।

बैंक वित्तीय संस्थाहरुले मुख्यत निक्षप संकलन, कर्जा लगानी गर्ने,साख सिर्जना गर्ने  लगायतका कार्य  गर्ने गर्दछन । सवल वित्तीय प्रणाली हुन त्यहाँ आम नागरिकको बैंक वित्तीय संस्थाप्रति गहिरो विश्वास हुनु  अत्यन्तै जरुरी छ आफुले कमाएको रगत र पसिनाको कमाई लगानी,प्रतिफल र सुरक्षाका  दृष्टिकोणले  मानिसहरुले बैंक वित्तिय संस्थाहरुलाई रोज्दछन । बैंक वित्तीय संस्थाहरु पनी  वित्तीय मध्यस्थकर्ताहरु हुन अर्थात निर्मम भएर भन्दा एक हिसावले वित्तीय कारोबार गर्ने दलाल हुन भन्न पनि सकिन्छ । जब आर्थिक उदारिकरण पछि निजी तथा सयुक्त लगानीमा बैँक वित्तिय संस्थाहरु स्थापना हुन थाले त्यस पछि यो पनी भन्न सकिन्छ की यो वित्तिय व्यवसाय पनी हो । बलियो नियमन,  नियमित सुपरिवेक्षणका बीच बैंक तथा वित्तीय संस्थाहरुलाई आर्थिक विकास, अर्थतन्त्रको मौद्रिकीकरण, बचत परिचालन, वित्तीय साक्षरता अभिवुद्धि लगायतका महत्वपुर्ण  अभिभारा दिएको हुन्छ तर  वित्तीय कारोवार गर्ने संस्थाहरु पनी व्यवसायि हुन उसोत व्यवसायिहरु अथवा  मध्यस्थकर्ताहरु स्वभावैले  लाभको लागि कार्य गर्ने गर्दछन । त्यसो त वित्तीय संस्थाहरुले  अर्थतन्त्रको बचत इकाई बाट लगानीयोग्य रकम संकलन गरि अर्थतन्त्रको घाटा इकाईमा प्रवाह गरि वित्तीय आवश्यकता परिपुर्ति गराई अर्थतन्त्रको मौद्रिकिकरणमा महत्वपुर्ण भुमिका निर्वाह गरिरहेका हुन्छन । सवल, दरिलो र बलियो प्रणाली निमार्ण गर्ने वा वित्तिय प्रणालीलाई चलायमान गराउने मुख्य चालकहरु बैंक वित्तीय संस्थाहरु नै हुन । अव हामी सजिलै अनुमान लगाउन सक्छौ कि एउटा चालकको भुमिका कति संवेदनशिल हुन्छ भन्ने यस्तै भुमिका प्रत्येक बैंक वित्तीय संस्थाले वित्तीय प्रणालीमा  निवार्ह गरेको हुनुपर्दछ ।

वित्तीय क्षेत्र यति संवेदनशिल छ कि भनीन्छ यहाँ सियोले सानो प्वाल खोप्यो भनेपनी ठुलो भ्वाङ पर्छ । त्यसो त वित्तीय क्रियाकलाप पनी व्यवसाय भएकोले व्यवसायमा  प्रतिस्पर्धा हुन्छ । उस्तै प्रकृतीका कारोबार गर्ने व्यवसायीहरु आफ्नो व्यवसायमा आकर्षित गर्न वा अरुलाई कमजोर बनाउन कुनै कसर बाँकी राखेका हुँदैनन । यस्तो समयमा ती वित्तीय क्रियाकलापमा  संलग्न हुने आम नागरिकहरु अन्यौलमा पर्ने गर्दछन । विभिन्न खालका बैंक तथा वित्तीय संस्था धरासायी भए, टाट पल्टिए, डुब्दैछन भन्ने खालका समाचारहरु पनी  आइरहेका हुन्छन, हामीलाई लाग्न सक्छ कुन बैंक तथा वित्तीय संस्था चै राम्रो हुन त ? यसको लागी सम्बन्धित बैंक  वित्तीय संस्थाको वित्तीय  स्वास्थ्य बारे जानकारी हुनुपर्दछ  । त्यसा त हाम्रो देशमा वित्तीय साक्षरता त्यो तहसम्म अझैपनी पुगेको छैन । आफुले कारोबार गरेको संस्थाको सम्बन्धमा पूर्ण वित्तीय अवस्थाको विश्लेषण गर्ने कुरा सबैका लागी सहज पनी हुँदैन।  त्यस कारण पनी हल्ला सत्य हुन वा गलत भन्न भने सकिन्न त्यसका लागी बैंकहरुले गरेको लगानी कति सुरक्षित छ भन्ने जान्नु पर्दछ हो यिनै  विषयका सम्बन्धमा निरिक्षण अनुगमन र सुपरिवेक्षण गर्ने महत्वपूर्ण जिम्मेवारी अभिभावकको हुन्छ ।  यसरी हेर्दा सन्तानको प्रतिस्पर्धालाई अभिभावकले नियालेर बसेको हुन्छ । जती सन्तानहरु स्वस्थ प्रतिस्पर्धा गरेर क्षमता अभिवुद्धि गर्दछन त्यती बेला सम्म अभिभावक खुसि हुन्छन । भनिन्छ जित्ने दुई तरिकाहरु हुन्छन एक आफु अब्बल र सक्षम भएर अर्को अरुलाई कमजोर बनाएर यसरी र्हेदा पहिलो तरिकाबाट बैंक वित्तीय संस्थाहरु प्रतिस्पर्धा गरी सकरात्मक सिनर्जी प्राप्त गर्न सके अति उत्तम तर दोस्रो तरिकाले आफुलाई राम्रो देखाउन प्रयत्न भयो भने यो चै अत्यन्त घातक पनी हुन्छ । हो यी अवस्थाहरु समयमै पहिचान गरेर सकरात्मक प्रतिस्पर्धा गराउँन नियमनकारी निकाय उद्धत्त भएको हुन्छ ।  वित्तीय प्रणालीलाई सबल सक्षम बनाउन आम नागरिकको  पनि उत्तीकै महत्वपूर्ण भुमिका हुन्छ । व्यवसायिहरु सहि ढंगले व्यवसाय गर्न नसक्दा वा विभिन्न समस्याहरुसँग जुध्न नसक्दा टाट पल्टन वा डुब्न पनी सक्दछन अव यहाँ एउटा बैक तथा वित्तीय संस्था डुब्नु भनेको आम नागरिकको घरको चुलो निभ्नु पनी हो । त्यसैले  वित्तीय क्रियाकलाप नभै पनी नहुने हुँदा पनी जोखिम चै भइरहने अवस्थाबाट मुक्ती पाउन सही ढंगले वित्तीय शिक्षा ग्रहण गरेर सधै सुरक्षाको उपाय खोजेर ढुंङ्क भएर वस्नु पर्दछ । विश्वासको अभावले एउटा यस्तो  खाडल पनी बन्न सक्छ जस्तो कि आम नागरिकमा आय आर्जनका प्रशस्त सम्भावनाहरु छन तर वित्तीय स्रोत जुटाउन नसकिरहेको एउटा अवस्था र अर्को वित्तीय मध्यस्तकर्ताहरुसँग प्रशस्त स्रोत छ तर आम नागरिकलाई विश्वास गर्न सकिने वातावरण छैन यि दुवै अवस्थाहरु विश्वासको संकटका कारणले  उत्पन्न हुने गर्दछन  हो यहाँ चै कुनै तेस्रो पक्षले ती जोखिम हामी उठाउँछौ तपाईहरु ढुक्क भएर बैंक वित्तीय संस्थाको विश्वास गर्नुहोस भनिदिए पो आनन्द हुने थियो भन्ने मनमा तपाई हामीलाई लागेको हुनुपर्दछ  यस्तो कुनै न कुनै निकाय चै  पक्कै हुन्छ ।

वित्तीय क्रियाकलाप गर्ने वित्तीय संस्थाहरु अत्यन्त अनुशासित मर्यादित र नियमनकारी निकायले जारी गरेका निति निर्देशनहरुलाई सकरात्मक तवरले परिपालन गरि आफ्नो वित्तीय अभिभारा पुरा गर्न पर्ने अवस्था रहँदा रहँदै पनी विभिन्न घटना परिघटना वित्तीय क्षेत्रमा देखिएको सुशासनको चुनौती, समयमै समस्याको पहिचान गरी समाधान गर्न नसकेको वित्तीय क्षेत्रको एक महत्वर्पूण  क्षेत्र सहकारी क्षेत्रको समस्या यि र यस्तै उदाहरणहरु हेर्दा यस्तै विषयहरु ठुलो समस्या बन्ने कारणहरुका रुपमा देखापर्दछन । निर्मम भएर भन्दा कुनै न कुनै निकायको कमजोरीकै कारण समस्या देखिएको भएतापनी हामी त्यसको जिम्मेवारी कसैले वहन गरेको पाउँदैनौ सजाय त आम नागरिक जसको चुलो निभेको छ, परिवारका सदस्यको उपचार नभएर ज्यान गुमेको छ , सन्ततीको उच्च शिक्षा गुमेको छ हो यस्तै परिणामहरुको सामना गर्नु पछाडीका चित्रहरु अनेक भएता पनी केवल हामी आरोप प्रत्यारोपमात्र भएको देख्छौ । यस्तो हुनुको  विभिन्न कारण मध्ये एउटा महत्वपुर्ण कारण सहकारी  क्षेत्रको नियमन,सुपरिवेक्षण साथै बचत र कर्जाको  सुरक्षण गर्ने बलियो निकाय नहुँनु पनी हो । त्यसो भए वित्तीय क्षेत्रलाई सुरक्षित गराई आम नागरिकको बचतको सुरक्षा गर्ने जिम्मेवारी कस्को त?  अर्थतन्त्रको समग्र विकासका लागी सरकारी निजी र सहकारी अर्थतन्त्रका तिनै  खम्बाहरु जिम्मवार रहनुपर्दछ । आर्थिक उदारीकरणमा मुलक गई सकेपछि सरकारको भुमिका संरक्षकको मात्र हुने हो त्यसैले वित्तीय क्षेत्रलाई सृदृढ गराउने अहम भुमिका वित्तीय मध्यस्थकर्ता र  आम नागरिकको पनी हो ।  वित्तीय प्रणालीमा हाल भइरहेको अवान्चित गतिविधीमा सबैभन्दा वढि जिम्मेवार को छ त ? भन्ने प्रश्न तपाई हाम्रो मनमा रहन सक्छ  ।

सबैभन्दा महत्वपूर्ण र कठिन प्रश्न नै यही हो यसमा सबैभन्दा जिम्मेवार आम नागरिक हुन सकिएन भने त्यसको ठुलो   दोषी आफै हुनपर्दछ ।  भनिन्छ नि दसा बाजा बजाएर आउँदैन त्यसैले हाम्रो वित्तीय प्रणाली सवल सृदृढ बनाउन सबै पक्ष जिम्मेवार हुनुपर्दछ  एउटा अभिभावकको दृढ चाहना आफ्ना सन्तानहरुको उन्नती, प्रगती, इमानदारिता र आत्मनिर्भरता होस भन्ने हुन्छ  तर कहिले कहीँ यस्ता हरामी छोरा छोरी जन्मन्छन जो आफ्नै बाबुआमालाई ठग्ने गर्दछन हो यस्तै खराब प्रकृतीबाट कुनै एक बैंक वित्तीय सस्थाहरु अभिभावकले दिएका आचरण नियम कानुन नमान्ने र आफ्नै किसिमले हिँडदा दुर्घटनामा पर्ने सम्भावना हुन्छ । यहाँ एउटा व्यक्ति दुर्घटनामा पर्दा त एउटा परिवारलाई कठिनाई पर्छ तर एउटा बैंक वित्तीय संस्था समस्यामा रहँदा हजारौ परिवारहरु पिर चिन्तामा पर्दछन यसले ठुलो विश्वासको संकट पैदा गरि हाम्रो वित्तीय प्रणालीप्रती सर्वसाधारणले गर्ने विश्वास भएन भने हामीले अर्थतन्त्रको मौद्रिकिकरण कसरी गर्न सक्छौ त ? त्यसका लागी अर्काको छोरो विग्रियो भनेर समाजमा रमाएर बस्दा भोली आफ्नो छोरो पनी उस्तै सँगत सिकेर विग्रन सक्छ  भने झै  हेरौ त अभिभावक विहिन नेपालको वर्तमान सहकारी क्षेत्र  कुन अवस्थामा छ ? त्यसैले सवै पक्ष समयमै सजक भएनौ भने यसबाट निम्तन सक्ने समस्याहरु हामीले सामान्यतया कल्पना गरे भन्दा पनी जटिल हुन सक्दछन । वित्तीय क्षेत्रले  अर्थतन्त्रमा मानव शरिरमा रक्तसञ्चार प्रणालीको जस्तै भुमीका निवार्ह गरेको हुन्छ अब हामी सोचौ त हाम्रो रक्त सञ्चारमा समस्या भयो भने हामी स्वस्थ भएर बाँच्न सक्छौत ?

 

कस्तो कस्तो अवस्थामा बैक तथा वित्तीय संस्थाहरु डुब्न सक्छन त ?

 

कुनैपनी क्षेत्रमा समस्या आउनुमा धेरै पक्षहरु जिम्मेवार हुन्छन कहीँ कतै कुनै न कुनै एक पक्षको भुमिका वढि भने अवस्य हुने गर्दछ । मुलत आर्थिक मन्दि, युद्ध, प्राकृतीक विपद,रोगका महामारी, आर्थिक गतीविधी सुस्त हुँदा ऋणीहरुको दायित्व चुक्ता गर्ने क्षमतामा ह्रास आउँछ यसरी त्यस्तो अवस्थामा अलि अलि जम्मा गरेको बचतको जरुरी पर्दछ । हो बैंक वित्तीय संस्थाले लगानी गरेको रकम उठन नसक्नु र बचतकर्ताहरुलाई बचत बापतको रकम फिर्ता गनुपर्ने बाध्यता यिनै दुई अवस्थाका विचमा सन्तुलन मिल्न नसक्दा बैंक वित्तीय संस्था धरासायि हुन्छन मानौ कुनै बैंक वित्तीय संस्थासँग पर्याप्त दायित्व चुक्ता गर्न सक्ने अचल सम्पती छ तर तरल सम्पत्ती नहुँदा हाहाकार उत्पन्न भई तरलताकै कारण पनी बैंक डुब्न सक्छ । कुनै पनी व्यक्ती वा संस्था बलियो हुन आन्तरिक रुपमा नै बलियो हुनुपर्दछ यसो त आन्तरिक र वाह्य कारण दुवै बैंक वित्तीय संस्थाको वित्तीय स्वास्थ्यमा असर गर्ने तत्वहरु हुन । १९९० को दशकमा एसियाका बैक वित्तिय संस्थामा आएको संकट, २००७ –०८ मा भएको विश्वव्यापी आर्थिक संकट यि नै परिस्थितीको सिकाईले बैंकिङ प्रणालीमा वासेलले जन्म पायो र निरन्तर संकटसँग जुध्ने सामथ्र्य विकास पनी गर्दै गयो । मुलत अन्य कारणहरु जे भएतापनी अन्तीम असर भने तरलतामै हुने हो अब भनौ वित्तीय प्रणालीमा आउने समस्याको संकेत तरलताबाट सजिलै अनुमान लगाउन सकिन्छ । मुलत बचतकर्ता,ऋणी,  उपभोक्ता, व्यवसायि,उद्यमी र बैंक एक आपसमा अन्तरसम्बन्धीत पक्षहरु हुन । यिनिहरु आपसी लाभको लागी दौडिरहेका हुन्छन यसरी  कुनै न कुनै एक पक्षमा समस्या देखिता त्यसको असर रोजगारी, गरिबी, सुस्त आर्थिक गतीविधि हुँदै वित्तीय संकटको रुपमा देखा पर्दछन । कही विश्वयुद्ध कहीँ महामारी,कहीँ आन्तरिक द्वन्द, मुद्रास्फिर्ती यस्तै यस्तै कारणहरु मुख्यत वित्तिय संकटमा देखिँदै आएका छन यसरी संस्थागत सुशासन नहुँदा पनी एकाध बैंक वित्तिय संस्थाहरु धरासायी भएका पाइन्छन ।

 

वित्तीय क्षेत्रको नियमकिय निकाय  (अभिभावक) को हो त ?

कुनैपनी देशमा वित्तीय प्रणालीको नियमन र सुपरिवेक्षणका लागी एउटा निकाय गठन गरिएको हुन्छ । नेपालमा भने वि.स.२०१३ बैशाख १४ गते स्थापित भएको नेपाल राष्ट्र बैंकलाई नै बैंक वित्तिय संस्थाको नियमकीय जिम्मेवारी प्रदान गरिएको छ । नेपाल राष्ट्र बैक  ऐन २०१२ अन्तर्गत स्थापित यस नियमनकारी निकाय हाल नेपाल राष्ट्र बैक ऐन २०५८ अन्तर्गत सञ्चालीत छ ।अभिभावकिय संस्था नेपाल राष्ट्र बैकले केकस्ता कार्यहरु गर्दछ त भन्ने जान्न नेपाल राष्ट्र बैक ऐन २०५८ को दफा ५ मा लाई हेर्नुपर्छ जसमा  बैङ्क नोट तथा सिक्का निस्कासन गर्ने,  मुल्य स्थिरता  कायम गर्न आवश्यक मौद्रीक निती तर्जृुमा गरी ति नितिको कार्यन्वयन गर्ने ,विदेशि विनिमय निति निमार्ण गरी ति निति कार्यान्वयन गर्ने र गराउँने ,विनिमय पद्धतीदर निर्धारण गर्ने,विदेशी विनिमय नीति निर्माण गर्ने तथा सो नीती कार्यान्वयन गर्ने, गराउने,विनिमयदर पद्धति निर्धारण गर्ने,विदेशी विनिमय सञ्चितिको व्यवस्थापन र सञ्चालन गर्ने,वाणिज्य बैङ्क तथा वित्तीय संस्थालाई बैंकिङ्ग तथा वित्तीय कारोबार गर्न इजाजतपत्र जारी गर्ने, त्यस्तो कारोबारको सम्बन्धमा आवश्यक नियमन, निरीक्षण, सुपरिवेक्षण तथा अनुगमन गर्ने,नेपाल सरकारको बैङ्कर, सल्लाहकार तथा वित्तीय एजेन्टको रुपमा कार्य गर्ने,वाणिज्य बैङ्क तथा वित्तीय संस्थाको बैङ्क तथा अन्तिम ऋणदाताको रुपमा कार्य गर्ने,भुक्तानी, फरछयौट (क्लियरिङ्ग) तथा हिसाब मिलान (सेटलमेन्ट) पद्धतीको स्थापना तथा     प्रर्वधन गरी सो कार्यलाई नियमित गर्ने, र तरलता व्यवस्थापनको निमित्त आवश्यक उपकरणको माध्यमद्वारा खुला बजार कारोबार सञ्चालन गर्ने, लगायतका महत्वपुर्ण जिम्मेवारी  निवार्ह नियमनकारी निकायले गरिरहेको हुन्छ तर यि सबै भुमिका अभिभावकको रुपमा नेपाल राष्ट्र बैंकले गर्दा पनी वित्तिय संकट भने देखिरहेका हुन्छन अव समग्र प्रणालीमै समस्या आउँदा त धेरै जटिल हुन्छ तर कुनै एक वा सो भन्दा बढि बैक वित्तीय संस्थामा समस्या आउँदा त्यसको उपचारका प्रक्रिया पनी चरणवद्ध रुपमा ऐनमा व्यवस्था हुन्छ ।यि नै व्यवस्थाको कार्यान्वयन गर्नु नेपाल राष्ट्र  बैकको दायित्व हो अब कस्तो कस्तो  भुमिका रहन्छ त कुन अवस्थामा बैक वित्तीय संस्थामा समस्या आएको भनेर बुझ्ने त ?

 

कस्तो अवस्थामा  वैक वित्तीय संस्थालाई समस्याग्रस्त घोषणा गरिन्छ ?

नेपाल राष्ट्र बैंक बैंकहरुको वित्तीय स्वास्थ्य जाँच गर्ने चिकित्सक हो एउटा चिकित्सकले विरामीको स्वास्थ्य जाँच गरिसकेपछि  लक्षणका आधारमा रोगको पहिचान गरि हरसम्भव उपचारको प्रयास गरेको हुन्छ हो यस्तै भुमिका नेपाल राष्ट्र बैंकको हुन्छ यसरी  निक्षेपकर्ता, शेयरधनी, साहू वा सर्वसाधारणको हित विपरीत हुने गरी कुनै कार्य गरेको देखिएमा,आफूले पूरा गर्नुपर्ने वित्तीय दायित्व पूरा नगरेमा वा गर्न सक्ने सम्भावना नभएमा वा भुक्तानी गर्नुपर्ने रकम भुक्तानी गर्न नसकेमा,दामासाहीमा परेको वा पर्न लागेको वा उल्लेखनीय रुपमा आर्थिक कठिनाई भोगिरहेको भएमा, वाणिज्य बैङ्क तथा वित्तीय संस्था सम्बन्धी प्रचलित कानून, अन्य प्रचलित कानून, इजाजतपत्र प्रदान गर्दा तोकिएका शर्त वा बैकको नियमन, निर्देशन वा आदेशको अवज्ञा वा उल्लंघन गरेको देखिएमा,झुट्टा, जालसाज, गलत कागजात या तथ्य पेश गरी इजाजत प्राप्त गरेको देखिन आएमा, प्रचलित कानून बमोजिम कुनै वाणिज्य बैङ्क वा वित्तीय संस्थाको खारेजी (लिक्विडेशन) वा फरफारख वा दामासाहि सम्बन्धी कानुनी कारवाहि अघि बढाइएको भएमा, वाणिज्य बैङ्क वा वित्तीय संस्थाले आफूले गर्नुपर्ने भुक्तानी वा पूरा गर्नुपर्ने दायित्व या काम कर्तव्यमा प्रतिकुल असर पार्ने अवस्था विद्यमान भएको कुरामा बैंक विश्वस्त भएमा  नियमनकारी निकाय नेपाल राष्ट्र बैकले समस्याग्रस्त घोषणा गर्दछ  अर्थात त्यो विरामी कोमामा छ अव हामी के सहज अनुमान लगाउन सक्छौ भने कोमामा रहेको विरामी निको हुने सम्भावना अत्यन्त कम हुन्छ त्यसो त सास रहँदा सम्म आस हुन्छ भने झै उपचार भने निरन्तर गरिन्छ र पुरानै अवस्थामा फर्काएर नयाँ जिवन दिनु चिकित्सकको मुल जिम्मेवारी नै हो ।

 

समस्याग्रस्त अथवा विरामी बैंक वित्तीय संस्थाको उपचारको प्रक्रिया कस्तो हुन्छ त ?

समस्या ग्रस्त बैंक वित्तीय संस्थालाई  नेपाल राष्ट्र बैंकले विभिन्न चरणमा सुधारात्मक कदम चाल्दछ  व्यवस्थापनलाई कारवाहि गरेर सम्बन्धीत बैंकको व्यवस्थापन नियन्त्रणमा लिएर उपचारात्मक प्रक्रिया अपनाएर त्यसलाई सुधार गर्न सचेत वा निर्देशन बैंकलाई दिन्छ । जस्तै कुनै बैंकले नेपाल राष्ट्र बैंकले तोकेको न्यूनतम पुँजीकोष पु¥याउन सकेन भने भने बैंकको अवस्थालाई मध्यनजर गरेर बैंकलाई शीघ्र सुधारात्मक कारबाही प्रक्रिया अगाडि बढाउँछ जस अन्तर्गत बैंकका उच्च व्यवस्थापनसँग छलफल गर्ने, पुँजीकोष पु¥याउन निर्देशन दिने, पुँजीकोष योजना माग्ने र सोही अनुसार कार्यान्यवन भए नभएको यकिन गर्ने, नयाँ शाखा विस्तारमा रोक लगाउने, नगद तथा बोनस सेयरमा वितरणमा रोक लगाउने, सम्बन्धित संस्थाको सञ्चालक तथा उच्च व्यवस्थापकको भत्ता, तलब तथा सुविधा वृद्धिमा रोक लगाउने, थप निक्षेप स्वीकार गर्न नदिने, नयाँ व्यावसायिक क्रियाकलापमा रोक लगाउने, कर्जा विस्तारमा रोक लगाउने, कर्मचारीको तलब वृद्धिमा रोक लगाउने लगायत अन्य निर्देशनहरु दिनुको साथै नेपाल राष्ट्र बैंक आफैले बैंकको व्यवस्थापन नियन्त्रणमा लिने आदि कदम चाल्न सक्छ भने निष्क्रिय कर्जा ५ प्रतिशत भन्दा बढी भयो शाखा विस्तारमा रोक लगाउने, नेपाल राष्ट्र बैंकबाट प्रदान गरिने सुविधाहरु रोक्ने जस्ता कार्यहरु गर्नसक्छ  सके सम्म बैक वित्तिय संस्थालाई पुरानै अवस्थामा ल्याउन हरसम्भव प्रयास नेपाल राष्ट्र बैंकले गर्दछ । भन्निछनी कुलतमा फसेको मानिसर्लाइ पुन स्थापना गर्न सुधार केन्द्रमा हालिन्छ नी हो त्यही भुमीका नेपाल राष्ट्र बैकको हुन्छ  तर यस्तो अवस्थाबाट बैंकको वित्तिय स्वास्थ्य सुधार गर्न सकिएको अवस्थामा निक्षेपकर्ताको बचत सुरक्षित नै रहन्छ  तर यि सबै प्रक्रिया पुरा गर्दा पनी बैंकले दायित्व भुक्तानी गर्न नसक्ने लागेमा फरफारकको प्रक्रियामा जान्छ । यस पश्चात बैंक वित्तिय संस्था खारेजी जान सक्छ त्यस्तो अवस्थामा अदालत ले लिक्युडेटर  नियुक्त गरी  खारेजीको प्रक्रियामा जान्छ यसरी खारेज भएको बैक वित्तीय संस्थाले  सम्पुर्ण निक्षेपकर्ताकोे दायित्व पुरा गर्न सक्ने अवस्था नहुनु सक्छ ।

 

विभिन्न समयमा  बैंक तथा  वित्तीय संस्था  डुब्दैछनभनी आउने  भन्ने  हल्लामा कति सत्यता छ ?

कुनैपनी संस्थामा कुन समयमा समस्या आउँछन भन्न सकिन्न कहिले कही आफ्नै कारणले त कहिलेकँही विभिन्न प्राकृतीक मानविय, राजनितिक, विश्वको विभिन्न युद्ध महामारी आर्थिक संकट जुनुसुकै कारणले पनी वित्तीय प्रणालीमा समस्या आउँन सक्दछ । अव बलियाहरु समस्यासँग जुध्छन निर्दाहरु मर्छन यो त सामान्य प्रक्रियानै हो व्यवसायको पनी जिवनचक्र हुन्छ जहाँ विभिन्न जटिलताहरु आइरहेका हुन्छन । अब यो पनी भन्न सकिन्छ की आर्थिक रुपले सुविधा सम्पन्न देशमा पनी बैंक वित्तीय संस्थाहरु डुवेका छन केही महिना यता मात्र संयुुक्त राज्य अमेरिकामा २ वटा बैंकहरु डुवेको समाचार त हामी सबैले सुनेकै छौ । अब दुईमत छैन कि जँहा जुनसुकै अवस्थामा पनी बैंक वित्तीयहरु डुब्न सक्छन ।
मानिस पनी एक दिन अवश्य मर्छ तर एक्कासी दुर्घटना भएर मर्छ वा लामो समय उपचार गर्दा पनी निको नभएर मर्छ । हो अव हामी कुनै बैंक वित्तीय संस्था विरामी छ भन्ने कुरा बजार हल्लाबाट भन्दा नियमनकारी निकाय नेपाल राष्ट्र बैंक जो बैक वित्तिय संस्थाको वित्तीय स्वास्थ्यको निगरानी राख्ने डाक्टर हो उसैको विश्वास गर्नुपर्दछ । नेपाल बैंकको स्थापना भएदेखि ८७ वर्षको इतिहासमा विभिन्न बैंक तथा वित्तीय संस्थाहरुमा समस्या आएको र समस्याग्रस्त भएतापनि अहिलेसम्म निक्षेपकर्ताहरुको निक्षेप डुबेको भने छैन तर यो पनी होइनकी नेपालमा बैंक वित्तीय संस्था डुब्दैनन र हाम्रो पैसा सुरक्षित छ । यति चै भन्न सकिन्छ  नेपालमा राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरुलाई एकदमै नजिकबाट नियमन र सुपरिवेक्षण गरिरहेको छ ।

 

बैंक तथा वित्तीय संस्थामा जम्मा गरेको पैसा सुरक्षित गराउँने कुनै उपाय छैन त ?

अभिभावकको वा नियमनकारी निकायको  बल बुत्ताले सबै परिस्थीतीमा निक्षेपकर्ताको रकम सुरक्षित गराउँन सक्दैनन । यसरी वित्तिय संस्थामा राखेको रकम सुरक्षित नहुँदा वित्तीय प्रणाली प्रति नै विश्वासको वातावरण हटेर वित्तिय प्रणालीनै ध्वस्त हुने अवस्था सिर्जना हुन पनी सक्दछ । यस्तो अवस्थामा आम निक्षेपकर्ताले पुकार गर्ने भनेकै हे भगवान हो । यहाँ आम निक्षेपकर्ताका लागी भगवान बनेर देशमा यस्ता संस्थाहरु पनी रहेका  हुन्छन तीनले निश्चित हद सम्मको निक्षेपकर्ताको बैंकमा भएको रकमको सुरक्षाको प्रत्याभुती दिने गर्दछन । नेपालमा भने २०३१ साल अजोज ४ गते स्थापित भएको निक्षप तथा कर्जा सुरक्षण कोषले आ.व २०६६।६७ बाट  प्राकृतीक व्यक्तिको नाममा प्रती बैंक वित्तीय संस्थामा  रहेको  रु २ लाख रकम सुरक्षित हुने गरि सुरु भएको निक्षेप सुरक्षण र्कायक्रममा आ.व २०७९।८० बाट रु ५ लाख सम्मको निक्षेपको सुरक्षण हुने गरि सिमा बढाइएको हो  । विश्वमा हाल सम्म ११३ देशमा निक्षेप सुरक्षण गर्ने संस्थाहरु छन कतिपय देशमा निक्षेप र कर्जा दुवै सुरक्षण एउटै संस्थाले त कतिपयमा फरकफरक संस्थाले यस्तो कार्य गदै आएको पाइन्छ ।  यि सबै कुरा जानी सकेपछि हाम्रो मनमा जम्मा ५ लाख सम्मको निक्षेप सुरक्षण हुने र त्यो भन्दा बढि रकम चै बैंक वित्तिय संस्थामा राख्न असुरक्षित रहेछ भन्ने मनमा लाग्न सक्छ । यो वुझाई पनी सत्य भने होइन सत्य के हो त अब जानौ  नेपालमा हाल करिब ६० वटा बैक वित्तिय सस्थाले निक्षेप संकलन गर्दछन यसरी हेर्दा करिब ३ करोड सम्मको तपाईको बैक वित्तिय सस्थामा भएको निक्षेप लाई सुरक्षित गराउँन सकिन्छ  अब फेरि ५ लाख बाट कसरी ३ करोड भयो भन्ने लाग्न सक्छ विवेक पुर्याउनुपर्ने महत्वपूर्ण विषय यहाँ के छ भने निक्षेप पनी एक प्रकारको लगानी हो एउटै बैंकमा लगानीलाई अधिकेन्द्रीत गर्दा बढी जोखीम सिर्जना हुन्छ  त्यसैलै  प्रत्येक बैंकमा ५–५ लाख गरेर वाँडेर पैसा राख्दा बैंक संख्या गुणन ५ लाख ले झन्डै ३ करोड रकम सुरक्षित हुने भएपछि मुल सन्र्दभ हामी विवेक पुर्याउन सक्छौ कि सक्दैनौ, आम नागरिक सम्म यी सन्देश पुग्छन की पुग्दैनन भन्ने हो ।

नेपालमा आम नागरिकले उचीत वित्तिय शिक्षा प्राप्त गर्न सकेमा वा सरोकारवाला निकायले पनी जनचेतना कुना काप्चा सम्म पुर्याउन सकेमा  बैक वित्तीय संस्थामा रहेको आम नागरिकको हदैसम्मको रकम सुरक्षित बनाई  ढुक्क भएर निदाउन सक्ने अवस्था छ । कुनै बैक वित्तीय संस्था समस्यामा छ भनेर आम जनमानसलाई त्रासमा राख्नु, जिम्मेवार भनिएका मानिसहरु आफैमा आत्तिनु, स्वार्थ केन्द्रीत भएर एकले अर्काको खुट्टा तान्नु भनको कही न कही आफुले फिजाएको जालमा आफै पर्नु हो । त्यसो त समस्या नै नआउने संसारमा कुनै पनी चिज छैन हो यस्ता समस्या आउँदा कसरी सुरक्षित रहने भन्ने सम्बन्धमा चनाखो भएर, जिम्मेवार र शिक्षित नागरिकको भुमिका शिक्षीत वर्गले समेत नपुर्याएको देख्दा अच्चम पनी लाग्ने गरेको छ कुनै एउटा बैंक बिग्रियो भने त्यो बैंक मात्र नभई समग्र देशको अर्थतन्त्रलाई पनि नकरात्मक असर पर्ने भएकोले तथ्य नै नबुझिकन भ्रामक प्रचार प्रसार गर्नु राम्रो हुँदैन । कुनै विषयका सम्बन्धमा हल्लाका पछि लाग्दा हामी नआउने समस्या पनी आफै निम्त्याइरहेका हुन्छौ । हो कुनै विषयको यथार्थता जान्न सम्बन्धीत संस्था वा नियमकिय निकायबाट यथार्थ जानकारी लिनुपदर्छ । हरेक चिज बनाउन जति गाह्रो हुन्छ विग्रन कति पनी समय लाग्दैन त्यसैले संवेदनशिल विषयका सम्बन्धमा अत्यन्त संवेदनशिल भएर प्रकट हुनुपर्दछ  भनीन्छ नी रोग लागेपछि पछुताउनुभन्दा रोग लाग्न नदिन स्वस्थकर जिवनशैली अपनाउनुपदर्छ यहाँ स्वस्थकर बैकिङ कारोबार अर्थात एउटै बैंक वित्तीय संस्थामा धेरै रकम बचत नगरी बाँढेर बचत राख्न सकियो भने निक्षेप तथा कर्जा सुरक्षण कोषले आम नागरिकलाई चिन्ता, भय मुक्त बनाएर विश्वासिलो वित्तीय प्रणाली निमार्णमा अतुलनीय भुमिका निवार्ह गरेको छ । यो निक्षेप सुरक्षणको व्यवस्थालाई सहि ढंगले निक्षेपकर्ता वा  आम नागरिकर्लाइ  वुझाउने जिम्मेवारी  सबै सरोकारबाला निकाय,शिक्षीत वर्ग, राज्यका सबै निकाय, वित्तीय मध्यस्थकर्ताहरु र आम सञ्चारजगत सबैको हो ।

(लेखक दाहाल निक्षेप तथा कर्जा सुरक्षण कोष, भरतपुर शाखामा कार्यरत कर्मचारी हुन् ।)

One thought on “नेपालको बैंक तथा वित्तीय संस्थामा रहेको सर्वसाधारणको बचत कति सुरक्षित छ ?

  1. Babita shah says:

    Nice written skill sir

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*