हिमालयन लाइफमा रहेको ७९ हजार कित्ता बिक्री शेयर गर्दै हिम लाल काप्री

१० आश्विन २०८१, बिहीबार ०८:५१

काठमाडौँ । हिमालयन लाइफ इन्स्योरेन्सले संस्थापक शेयर बिक्रीमा ल्याएको छ । कम्पनीका संस्थापक शेयरधनी हिम लाल काप्रीले आफ्नो नाममा रहेको ७९ हजार ३९२ कित्ता शेयर बिक्रीमा ल्याएका हुन् ।

उक्त शेयर खरिद गर्ने चाहने इच्छुक विद्यमान संस्थापक शेयरधनीहरुले आवश्यक कागजात संकलन गरी सूचना प्रकाशित भएको मिति (असोज १० गते) ले ३५ दिन भित्र आवेदन दिन सक्नेछन् ।

साथै, तोकिएको अवधि भित्र शेयर खरिदका लागि कुनै पनि आवेदन नपरेको खण्डमा प्रचलित कानुन बमोजिम अन्य ब्यक्ति तथा संघ संस्थालाई बिक्रीका लागि अघि बढाउने कम्पनीले जनाएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*