ङादी ग्रुप पावरले दुई आयोजनाको शेयर खरिद गर्ने, कसको कति ?

१५ भाद्र २०७८, मंगलवार १२:५३

काठमाडौं । ङादी गु्रप पावर कमपनी लिमिटेडले दुई जलविद्युत् आयोजनाको शेयर खरिद गर्ने भएको छ । कम्पनीले नेप्सेमार्फत जानकारी गराएको सूचनामा सगरमाथा हाइड्रोपावर र माइखोला हाइड्रोपावर कम्पनीको शेयर खरिद गर्ने निर्णय गरेको जनाएको हो ।

कम्पनीको भदौ १५ गते बिहान सम्पन्न संचालक समितिको बैठकले दुई जलविद्युत् आयोजनाको शेयर स्वामित्व खरिद गर्ने निर्णय गरेको हो ।

कम्पनीले सगरमाथा हाइड्रोपावरले संचालन गरेको सुपरमाई ए जलविद्युत आयोजना (९.६० मेगावट) को बहुमत शेयर (७६.५८ प्रतिशत) र माइखोला हाइड्रोपावरले संचालन गरेको ३ मेगावट को माइखोलना क्यास्केड आयोजनाको शत प्रतिशत (१०० प्रतिशत) शेयर खरिद गर्ने भएको हो ।

साथै सुपरमाई ए जलविद्युत् र माइखोला क्यास्केड आयोजना दुवै आयोजनाबाट हाल विद्युत उत्पादन समेत भइरहेको कम्पनीले जानकारी गराएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*