सेबोनको अध्यक्ष नियुक्तीका लागि पुरानै प्रक्रिया अघि बढाउने अर्थमन्त्रालयको निर्णय, तीन जनालाई अन्तर्वार्तामा बोलाइयो

१० आश्विन २०८१, बिहीबार ०८:४९

काठमाडौं । सरकारले नेपाल धितोपत्र बोर्डमा रिक्त रहेको अध्यक्ष पदमा पुरानै प्रक्रिया अनुसार अध्यक्ष नियुक्ती प्रक्रिया अघि बढाएको छ । जस अनुसार अन्तर्वार्ता लिन बाँकी रहेको तीन जनालाई आगामी असोज १८ गते प्रस्तुतिकरण तथा अन्तर्वार्तामा उपस्थित हुन भनिएको छ ।

अर्थ मन्त्रालयले आज प्रकाशित गरेको सूचना अनुसार कृष्ण बहादुर अधिकारी, चिरञ्जीवी चापागाई र डा. नबराज अधिकारीलाई यही असोज १८ गते अन्तर्वार्तामा उपस्थित हुन भनिएको हो । उनीहरुले यसअघि सामूहिक रुपमा अन्तर्वार्ता बहिस्कार गरेका थिए ।

यसअघि तत्कालिन प्रचण्ड नेतृत्वको सरकारले यसअघिको प्रक्रिया रद्द गरी नयाँ प्रक्रिया सुरुवात गर्ने निर्णय गरेको थियो । सो निर्णय लगत्तै सरकार ढलेपछि नयाँ बनेको सरकारले पुरानै प्रक्रिया अनुसार प्रक्रिया अघि बढाउने निर्णय गरेको हो ।

 

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*