दुई महिनामा निर्जीवन बीमा कम्पनीहरुको व्यवसाय सात अर्ब माथि, सलिको सबैभन्दा अगाडि अन्यको अवस्था कस्तो ?

९ आश्विन २०८१, बुधबार १५:१४

काठमाडौं । चालु आर्थिक वर्षको दुई महिनामा निर्जीवन बीमा कम्पनीहरुले कूल सात अर्ब ७४ करोड ६७ लाख रुपैयाँ कूल बीमा शुल्क आम्दानी गर्न सफल भएका छन् । भदौं महिनासम्मको तथ्याङ्क अनुसार १४ निर्जीवन बीमा कम्पनीहरुले गत वर्षको तुलनामा १० प्रतिशत व्यवसाय बृद्धि गर्दै पौने आठ अर्ब पुर्याउन सफल भएका हुन् ।

बीमा प्राधिकरणले सार्वजनिक गरेको तथ्याङ्क अनुसार सलिको सबैभन्दा अगाडि रहेको छ । सो कम्पनीले एक अर्ब एक करोड रुपैयाँ कूल बीमा शुल्क आम्दानी गरेको छ ।

त्यस्तै, दोस्रोमा सिद्धार्थ प्रिमियर इन्स्योरेन्स कम्पनीले ८१ करोड ३३ लाख रुपैयाँ प्रिमियम संकलन गरेको छ । त्यस्तै, तेस्रो नम्वरमा शिखर इन्स्योरेन्स कम्पनीले ७२ करोड ३४ लाख रुपैयाँ प्रिमियम संकलन गरेको छ ।

त्यसैगरी, युनाईटेड अजोडले ४५ करोड, आईजिआई प्रुडेन्सियलले ५८ करोड, सानिमा जिआईसीले ३९ करोड, हिमालयन एभरेष्टले ६० करोड, एनएलजी इन्स्योरेन्स कम्पनीले ४८ करोड १६ लाख, प्रभु इन्स्योरेन्स कम्पनीले २९ करोड ४१ लाख, नेको इन्स्योरेन्स कम्पनीले ५८ करोड नेशनल इन्स्योरेन्स कम्पनीले ३७ करोड २६ लाख, दि ओरियन्टल इन्स्योरेन्स कम्पनीले ४४ करोड र नेपाल इन्स्योरेन्स कम्पनीले ४३ करोड रुपैयाँ कूल बीमा शुल्क संकलन गरेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*