रिभर फल्स पावरका संचालक दिनेश गुरुको राजीनामा, अमर गुरुलाई नयाँ जिम्मेवारी
९ आश्विन २०८१, बुधबार १०:२९
काठमाडौँ। रिभर फल्स पावर लिमिटेडका संचालक दिनेश गुरुले आफ्नो पदबाट राजीनामा दिएका छन्। उनले असोज ४ गते संचालक समितिको बैठकमा राजीनामा दिएका हुन् ।
कम्पनीको संचालक समितिको असोज ७ गते बसेको बैठकले राजीनामा स्वीकृति दिएको छ। साथै, रिक्त संचालक पदमा अमर गुरुलाई आगामी साधारण सभासम्मको लागि नियुक्त गरिएको छ।