बुद्धभूमि नेपाल हाईड्रोपावरको आईपीओमा आवेदन आज अन्तिम दिन
१५ भाद्र २०७८, मंगलवार ११:४१
काठमाडौं । बुद्धभुमि नेपाल हाईड्रोपावरको आईपीओमा आवेदन दिने आज (भदौ १५ गते) अन्तिम दिन रहेको छ ।
कम्पनीले साउन ३२ गतेदेखी आयोजना प्रभावित क्षेत्र नुवाकोटका स्थानीय बासिन्दाका लागि आईपीओ निष्कासन गरेको हो ।
नुवाकोट जिल्लाका स्थानीय बासिन्दाहरुका लागि प्रतिशेयर १०० अंकित मूल्यका कुल ४ लाख कित्ता साधारण शेयर निष्कासन गरेको हो । आवेदकले न्यूनतम १० कित्ता र अधिकत्तम ५० हजार कित्ताका लागि आवेदन दिन सक्नेछन् ।
आवेदनका लागि ज्योति विकास बैंक, प्रभु बैंक र सिभिल बैंकका जिल्ला भरीका शाखा कार्यालयबाट आवेदन दिन सकिने कम्पनीले जनाएको छ । कम्पनीको बिक्री प्रबन्धकका रुपमा सिभिल क्यापिटल रहेको छ ।