यस्तो छ नबिल बैंकको भदौ १७ गते बसेको विशेष साधारण सभाको ‘माइन्युट’
काठमाडौँ । नबिल बैंकको विशेष साधारणसभा भदौ १७ गते बैंकका सञ्चालक समितिका अध्यक्ष उपेन्द्र प्रसाद पौडेलको अध्यक्षतामा सम्पन्न भएको छ । उक्त विशेष साधारणसभाले ५ अर्ब रुपैयाँ बराबरको “नबिल ८ प्रतिशत अविमोच्य असञ्चिति अग्राधिकार शेयर” जारी गर्ने प्रस्तावसँग सम्बन्धित विशेष प्रस्तावहरू सर्वसम्मत रूपमा पारित गरेको छ ।
बैंकको व्यापार वृद्धि तथा जोखिमहरूलाई सम्बोधन गर्न अतिरिक्त प्राथमिक पूँजीको माध्यमबाट पूँजीगत आधारमा वृद्धि गर्न आवश्यक भएकाले नबिलले नेपाल राष्ट्र बैंकबाट जारी निर्देशनका शर्त र व्यवस्था बमोजिम तथा नियमनकारी निकायको स्विकृती पश्चात् जारी हुने गरी ५ अर्ब रुपैयाँ बराबरको “नबिल ८ प्रतिशत अविमोच्य असञ्चिति अग्राधिकार शेयर” जारी गर्ने प्रस्ताव पेश गरेकोमा विशेष साधारणसभाले सर्वसम्मत रूपमा सम्पूर्ण प्रस्तावहरू पारित गरेको हो ।
नबिल बैंकले हाल २६८ वटा शाखाहरू, ३१६ वटा एटिएमबाट २४ लाख भन्दा बढी सेवाग्राहीलाई बैंकिङ सुविधा प्रदान गर्दै आइरहेको छ ।
1727175678763