एक्सेल डेभलपमेन्ट बैंकका संचालक राजन शर्माले दिए राजीनामा
९ आश्विन २०८१, बुधबार १०:०३
काठमाडौँ । एक्सेल डेभलपमेन्ट बैंकका संचालक राजन शर्माले राजीनामा दिएका छन् । उनले संस्थापक शेयरधनीहरुको तर्फबाट प्रतिनिधित्व गर्ने शर्माले ब्यक्तिगत कारण देखाउँदै राजीनामा दिएका हुन् ।
उनको राजीनामा असोज ८ गते बसेको संचालक समितिको बैठकले असोज ६ गतेदेखि लागु हुने गरी स्वीकृत गरेको छ ।