डुब्ने अवस्थामा पुग्यो सिप्ला सेक्युरिटिज, अन्य ब्रोकर कम्पनीहरुको पनि अवस्था दयनीय

९ आश्विन २०८१, बुधबार १०:११

काठमाडौैं । शेयर बिक्री गरेका लगानीकर्ताहरुलाई नगद भुक्तानी गर्न नसकेपछि सिप्ला सेक्युरिटिज डुब्ने अवस्थामा पुगेको छ । लगानीकर्ता दिपेन्द्र अग्रवालले आठ करोड रुपैयाँको चेक बाउन्स गरेपछि सिप्ला सेक्युरिटिज कालोसूचिसँगै कारोबार नै बन्द हुने अवस्थामा पुगेको छ ।

नेप्सेबाट शेयर ब्रोकर नं २० मा अनुमति प्राप्त सिप्लाबाट हिजो एक करोड भन्दा बढिको कारोबार भएको छ । लगानीकर्ता दिपेन्द्र अग्रवालले सिप्ला सेक्युरिटिजले दिएको आठ करोड रुपैयाँ बराबरको चेक दुई पटक बाउन्स भइसकेको छ । हिजै अग्रवालले ग्लोबल आइएमई बैंकमा कालोसूचिमा सूचिकरण गर्न निवेदन दर्ता गरिसकेका छन् ।

दिपेन्द्र अग्रवालले तत्काल आठ करोड रुपैयाँ भुक्तानी नपाए सिप्ला कालोसूचिमा पर्नेछ । कालोसूचिमा परिसकेपछि नेपालका कुनै पनि बैंक तथा वित्तीय संस्थामा खाता सञ्चालनमा रोक लाग्नेछ । त्यस्तो अवस्थामा सिप्लाले वित्तीय कारोबार मात्रै नभई आफ्ना कर्मचारीहरुलाई समेत तलव खुवाउन सक्नेछैन ।

 

लगानीकर्ता अग्रवालले आफ्नो४८ करोड रुपैयाँ सिप्लाले नदिएको दावी गरेका छन् । सिप्ला सेक्युरिटिज अबैध क्रिप्टो कारोबारमा संलग्न अभियुक्तले सञ्चालन गरेको ब्रोकर कम्पनी हो । प्रहरीले एक अर्ब बिगोसहित मुद्दा दर्ता गरिसकेको छ । तर, पनि नियामकले भने कम्पनीलाई सञ्चालन गरिरहन अनुमति दिएको थियो । अर्बौ अबैध धन्दा हुने सिप्ला अन्ततः बन्द हुने अवस्थामा पुग्न लागेको छ । सिप्ला सेक्युरिटिज बन्द हुँदा हजारौं शेयर लगानीकर्ताहरु प्रभावित हुनेछन् । नियामक अझै कानमा तेल हालेर बसिरहेको छ ।

उता, सिप्ला जस्तै कति ब्रोकर कम्पनी डुब्छन् भन्ने एकिन भइसकेको छैन । दुई करोडको चुक्ता पुँजि भएका ब्रोकर कम्पनीले अर्बौ रुपैयाँ तरलता सुविधा दिएर शेयर किनबेच गराएका थिए । शेयर किनेकाहरु सम्पर्कमा नआई भाग्न थालेपछि सिप्ला जस्तै थुप्रै ब्रोकर कम्पनीहरु अप्ठेरोमा पर्न थालेका छन् ।

पुँजि बजारमा चर्को बेथिती भएपनि नियामक नेपाल धितोपत्र बोर्डमा भ्रष्टाचार र कुशासनमै लिप्त हुँदा सर्व साधारणले शेयर बिक्री बापत समेत रकम पाउन नसक्ने अवस्था सिर्जना भएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*