व्यतित बीमालेखमा नेपाल लाइफले ३० प्रतिशतसम्म छुट दिने

९ आश्विन २०८१, बुधबार ०८:४८

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले बीमितहरूलाई नविकरण बीमा शुल्कमा विशेष छुट दिने भएको छ। कम्पनीले समयमै नविकरण नगरिएका बीमालेखहरूलाई सक्रिय बनाउने उद्देश्यले यो छुट योजना ल्याएको हो।

कम्पनीले असोज ९ गतेदेखि कात्तिक २३ गतेसम्म नविकरण बीमाशुल्क भुक्तानी गरेमा विलम्ब शुल्कमा छुट दिने जानकारी दिएको छ। यस अवधिमा बीमा नविकरण गर्नेहरूले तिर्नुपर्ने विलम्ब शुल्कमा ३० प्रतिशतदेखि २० प्रतिशतसम्मको छुट पाउने छन्। तीन वर्षसम्म नविकरण नगरेका बीमालेखमा ३० प्रतिशत छुट दिइनेछ भने तीनदेखि पाँच वर्षबीचका बीमालेखहरूमा २५ प्रतिशत छुट पाउनेछन्। पाँच वर्षभन्दा बढी समय नविकरण नगरिएका बीमालेखमा भने २० प्रतिशत छुटको व्यवस्था गरिएको छ।

तर, यो योजना अन्तर्गत नविकरण गरिएका बीमालेखहरू एक वर्ष भित्र समर्पण भएमा प्राप्त छुटको रकम पुनः कट्टा गरिने कम्पनीले स्पष्ट पारेको छ। साथै, एक पटक विलम्ब शुल्कमा छुट पाइसकेका बीमितहरूलाई बीमा अवधिभर पुनः छुट दिइने छैन।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*