यस्तो छ आजको विनिमय दर

९ आश्विन २०८१, बुधबार ०८:२०

काठमाडौँ ।  नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार मङ्गलबारको तलनामा बुधबार युएई दिराम र मलेसियन रिङ्गेटको भाउ घटेको छ । अघिल्लो दिन युएई दिराम एकको खरिद दर ३६ रुपैयाँ ३२ पैसा र बिक्रीदर ३६ रुपैयाँ ४८ पैसा रहेकामा आज खदिर दर ३६ रुपैयाँ ३७ पैसा र बिक्री दर ३६ रुपैयाँ ५३ पैसा कायम भएको छ ।

साथै मङ्गलबार मलेसियन रिङ्गेट एकको खरिद दर ३१ रुपैयाँ ३२ पैसा र बिक्रीदर ३१ रुपैयाँ ८८ पैसा कायम भएकामा आजका लागि भने खरिददर ३२ रुपैयाँ १६ पैसा र बिक्री दर ३२ रुपैयाँ ३० पैसा निर्धारण भएको छ ।

केन्द्रीय बैंकका अनुसार आजका लागि अमेरिकी डलर एकको खरिद दर एक सय ३३ रुपैयाँ ५८ पैसा र बिक्री दर एक सय ३४ रुपैयाँ १८ पैसा कायम भएको छ ।

युरोपियन युरो एकको खरिद दर एक सय ४८ रुपैयाँ ६१ पैसा र बिक्री दर एक सय ४९ रुपैयाँ २८ पैसा, युके पाउण्ड स्ट्रलिङ एकको खरिद दर एक सय ७८ रुपैयाँ ५२ पैसा र बिक्री दर एक सय ७९ रुपैयाँ ३२ पैसा, स्वीस फ्रयाङ्क एकको खरिद दर एक सय ५७ रुपैयाँ ४९ पैसा र बिक्री दर एक सय ५८ रुपैयाँ १९ पैसा कायम गरिएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*