विवाहको दिनमा श्रीमानलाई बीमा पोलीसी उपहार

८ आश्विन २०८१, मंगलवार १९:११

काठमाडौँ। आधुनिकतासँगै उपहारको प्रकृति पनि परिवर्तन हुँदै गएको छ। पहिलेका दिनहरूमा उपहारमा खानेकुरा, सजाउने चिजहरू राख्ने चलन थियो, तर हालका दिनहरूमा दीर्घकालीन महत्वका उपहारहरूको प्रचलन बढ्दै गएको छ। यसै कारण, विवाह, जन्मदिन, र विशेष अवसरहरूमा बिमा पोलीसी उपहार दिन थालिएको छ।

यही प्रवृत्तिको क्रममा, सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनीमा कार्यरत सिनियर ऐजेन्सी म्यानेजर मनु माया तामाङले आफ्नो पवित्र विवाह समारोहको अवसरमा आफ्नो श्रीमान अनिल तामाङलाई २१ लाखको सूर्यज्योति लाइफ इन्स्योरेन्सको सावधिक जीवन बीमा योजना अन्तर्गतको पोलिसी उपहार दिएका छन्।

यस अवसरमा, सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनीका तालिम तथा विकास प्रमुख उत्तम प्रसाद आचार्य, सुबेश चन्द्र खनाल, टोखा शाखा प्रमुख बखान सिंह गुरू र ऐजेन्सी म्यानेजरहरू बिपिन मान प्रधान, शैलेन्द्र शाक्य, र दीप गिरीको उपस्थिति रहेको थियो।

मनु माया तामाडड्डले उक्त अवसरमा खर्चमा नियन्त्रण र अनिवार्य बचत र सुरक्षालाई मध्यनजर गर्दै बिमा पोलिसी उपहार प्रदान गरेको बताइन्। यसले भविष्यको सुरक्षामा ठूलो योगदान पुर्याउने विश्वास गरिएको छ।

बिमा पोलीसी उपहार दिने यो नयाँ प्रवृत्ति समाजमा जनचेतना अभिवृद्धि गरिरहेको छ र भविष्यमा यो चलन थप सशक्त हुने अपेक्षा गरिएको छ। यसरी, उपहारको माध्यमबाट दीर्घकालीन सुरक्षाको सन्देश फैलाउन सकिन्छ, जसले व्यक्तिको भविष्य सुनिश्चित गर्न मद्दत पुर्याउँछ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*