शिखरकी उप-प्रमुख रावलद्वारा निजी सवारीमा सरकारी ड्राइभरको दुरुपयोग, अनियमितता उजागर

८ आश्विन २०८१, मंगलवार १८:४४

काठमाडौँ । डोटी जिल्लामा रहेको शिखर नगरपालिकाकी उप प्रमुख सुनिता रावल जोराले नगरको ड्राइभरलाई आफ्नै निजी सवारीमा चलाउने विवादास्पद गतिविधि गरेको खुलेको छ । उप प्रमुख जोराले कर्ण शाही नामक ड्राइभरलाई नगरपालिकाबाट तलब दिँदा पनि निजी सवारीमा राखेर सेवा प्रयोग गरिरहेको बाहिर आएको हो ।

यस घटनाले सरकारी सेवामा अनियमितता र दुरुपयोगको प्रश्न उठाएको छ । उप प्रमुख रावलले सरकारी ड्राइभरलाई आफ्नो निजी सवारीका लागि काममा लगाएर आर्थिक अनियमितता गरेको खुलासा भएपछि स्थानीय प्रशासन र नागरिक समाजमा चासोको विषय बनेको छ ।

यो घटनाले सरकारी स्रोतको दुरुपयोगको गम्भीरता र स्थानीय तहका प्रतिनिधिहरूको उत्तरदायित्वको बारेमा सवाल खडा गरेको छ । उनको सु प प्र ४०२२ नम्बरको निजि गाडि सरकारी ड्राईभर शाहीले चलाउने गरेको पाइएको छ ।

यता, स्थानीय तहका पदाधिकारी तथा सदस्यहरूको सुविधा सम्बन्धी ऐन, २०७५ अनुसार उप प्रमुखले मासिक १२० लिटर इन्धनको सेवा पाउने हक पाउँछन् । यद्यपि, उप प्रमुख रावलले यस भन्दा बढी इन्धन प्रयोग गर्दै आएको पाइएको छ । नगरपालिका स्रोतका अनुसार, २०८१ सालको असार २४ गतेदेखि ०८१ सालको भदौ ३१ गतेसम्म उप प्रमुखको निजी सवारीमा ३७८ लिटर इन्धन भरेको र ११ वटा तेलको अडर सिलिप पनि प्राप्त भएको छ ।

यस घटनामा उप प्रमुखको इन्धनको अनियमितता मात्रै छैन, ड्राइभरको उपयोग पनि निकै चासोको विषय बनेको छ । सरकारी ड्राइभरलाई नगरपालिकाको काममा मात्र प्रयोग गर्नु पर्ने भएपनि उप प्रमुखको निजी सवारीमा ड्राइभरको काममा संलग्न गराउनु नियम विपरीत रहेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*