मैलुङ खोला जलविद्युतको शेयर रजिष्ट्रारमा बिओके क्यापिटल नियुक्त
१५ भाद्र २०७८, मंगलवार ११:२९
काठमाडौं । मैलुङ खोला जलविद्युत कम्पनी लिमिटेडले शेयर रजिष्ट्रार नियुक्त गरेको छ । कम्पनीको भदौ ११ गतेदेखी लागू हुने गरी शेयर रजिष्ट्रारमा बिओके क्यापिटललाई नियुक्त गरेको हो ।
साउन २६ गते सर्वसाधारणमा आईपीओ निष्काशन तथा बिक्री खुल्ला गरेको कम्पनीको बिक्री प्रबन्धकको जिम्मेवारी सिद्धार्थ क्यापिटलले पुरा गरेको थियोे ।
शेयर रजिष्ट्रार परिवर्तन गर्नु पर्ने भएकाले उक्त सेयर हालसम्म सूचीकरणमा ढिलाई भएको हो । कम्पनीले साउन १४ गतेदेखी १९ गतेसम्म ६८ हजार ४७४ जना आवेदकहरुमा आईपीओ बाँडफाँड गरिएको थियो ।