प्रभु बैंकको साढे २ लाख कित्ता संस्थापक शेयर पुनः लिलामीमा

१५ भाद्र २०७८, मंगलवार ११:२१

काठमाडौं । प्रभु बैंकले संस्थापक शेयर बोलकबोलमार्फत् पुनः लिलामीमा ल्याएको छ ।

बैंकले संस्थापक समूह तर्फकोको २ लाख ५२ हजार ७२८ कित्ता शेयर पुनः लिलाीमा ल्याएको हो । बैंकले उक्त शेयरको न्यूनतम मूल्य २१० रुपैयाँ तोकेको छ । आवेदकले उक्त शेयर खरिद गर्न सो वा सो भन्दा बढी मूल्य अंकित गरी बोलपत्र पेश गर्नुपर्नेछ ।

उक्त शेयर खरिद गर्न चाहने इच्छुक विद्यमान संस्थापक शेयरधनीहरु वा अन्य व्यक्ति तथा संघ संस्थाले भदौै २८ गते भित्र मुक्तिनाथ क्यापिटल लिमिटेड हात्तिसार मार्ग कमलादी काठमाडौंमा सम्पूर्ण विवरण खुलाई आवेदन दिन सक्नेछन् ।

कम्पनीको शेयर बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल रहेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*