तीन बीमा कम्पनीसहित यी १० कम्पनीमा झुम्मिए लगानीकर्ता

८ आश्विन २०८१, मंगलवार १५:१२

काठमाडौँ । बजारमा आज पनि ओरालो यात्राले निरन्तरता पाएको छ । बजार निरन्तर ओरालो लाग्दा लगानीकर्ता बिक्री गर्ने तिर हाबि भएका छन् ।

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ५८.९३ अकंले घट्दा कारोबार ५ अर्ब ६८ करोड सीमित बनेको छ । दशैको खर्च जोहोका लागी लगानीकर्ता शेयर बिक्री गर्ने तिर लागेका हुन् ।

मंगलबार तीन बीमा कम्पनीको सर्वाधिक शेयर खरिद बिक्री भएको छ । यसदिन एनएलजि इन्स्योरेन्सको १८ करोड, सानिमा रिलायन्स लाइफको १७ करोड र हिमालयन रि इन्स्योरेन्सको १४ करोडको शेयर खरिद बिक्री भएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*