सिप्रदी ट्रेडिंगद्वारा काठमाडौं बाहिर ‘टाटा केयर क्याम्प’ आयोजना गर्दै

८ आश्विन २०८१, मंगलवार १४:४५

काठमाडौं । सिप्रदी ट्रेडिंग प्रालिले काठमाडौं उपत्यका बाहिर ‘टाटा किएर क्याम्प’ आयोजना गर्ने भएको छ । टाटा पेसेन्जर श्रेणीका (पीभी) आइसीई (पेट्रोल र डिजेलमा आधारित) र ईभी (बिजुलीमा आधारित) गाडीहरुलाई लक्षित गरेको जानकारी दिएको हो ।

उक्त क्याम्प यही आश्विन ९ देखि ११ गतेसम्म सिप्रदीका धनगढी, सर्रा, हेटौडा, ढल्केबार र मेचीमा अवस्थित पीभीका सेवा सम्बन्धि सञ्जालहरुमा सञ्चालन हुनेछ ।

कम्पनीका अनुसार टाटा केयर क्याम्पमा सहभागीहुने ग्राहकहरुले विभिन्न विशेष सुविधा तथा छुट प्राप्त गर्न पनि सक्नेछन।उनीहरुले ब्याट्री, सस्पेन्सन, ब्रेक लगायत कम्प्युटर परीक्षण जस्ता सुविधा निशुल्क पाउनेछन् ।

साथै, ग्राहकहरुलाई पार्टपुर्जा र लुब्रीकेन्ट प्रत्येकमा २० प्रतिशत एवं लेबर चार्जमा ५० प्रतिशतको छुट दिइनेछ भने टप वाशिंग सित्तैमा गरिनेछ।आफ्नो ग्राहकवर्गलाई उत्कृष्ट भन्दा उत्कृष्ट ढंगले सेवा गर्ने आफ्नो प्रतिवद्धता अनुरुप यो क्याम्प आयोजना गर्न लागेको कम्पनीले जानकारी दिएको छ ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*