रवि लामिछानेले आफैंले गिरफ्तारी दिने

८ आश्विन २०८१, मंगलवार १०:५३

काठमाडौं । सहकारीको रकम अपचलनमा संलग्न भनिएका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेले गिरफ्तारी दिने भएका छन् । पार्टी सभापतिको गिरफ्तारी दिने सन्दर्भमा पार्टीले आधिकारिक निर्णय गरेको एक पदाधिकारीले बताएका छन् ।

चीन भ्रमण छोट्याएर पार्टी उपसभापति स्वर्णिम वाग्लेसहितका पदाधिकारीहरु काठमाडौं फर्किएसँगै बसेको बैठकले गिरफ्तारी दिने निर्णय गरेको ती पदाधिकारीले बीमापोष्टलाई बताए ।

उनले भने, ‘गिरिफ्तारी दिने भनेर आधिकारिक निर्णय नै भइसक्यो । कानून अनुसार के हुँदो रहेछ र हामीविरुद्धको मोर्चाबन्दी कति टिक्दो भरहेछ भन्ने हेर्नलाई समेत पार्टी सभापतिको गिरफ्तारी दिने निर्णय भएको हो ।’

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*