४ लाख २५ हजार कित्ता शेयर सर्वसाधारणलाई बिक्री गर्दै गरिमा विकास बैंक

८ आश्विन २०८१, मंगलवार ०८:४४

काठमाडौँ । गरिमा विकास बैंकले संस्थापक शेयर बिक्रीमा ल्याएको छ । कम्पनीले ५ लाख ३३ हजार २८७ कित्ता सेयर बिक्रीमा ल्याएको हो ।

बैंकले बिक्रीमा राखेको ४ लाख २५ हजार १५६.६७ कित्ता शेयरमा सर्वसाधारण र १ लाख ८ हजार १३० कित्तामा संस्थापक सेयरधनीले मात्रै आवेदन दिन पाउनेछन् ।

सर्वसाधारणले आगामी १५ दिनभित्र र संस्थापक शेयरधनीहरुले ३५ दिन भित्र आवश्यक कागजात संकलन गरी आवेदन दिन सकिनेछ । यदि ३५ दिनभित्र संस्थापक शेयर बिक्री नभएमा सर्वसाधारणका लागि बिक्री खुला गरिने बैंकले जनाएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*